Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

हुम्लाको बाहुन खर्कमा विमान दुर्घटना: दुवै चालकको ज्यान गयो

जाजरकोट। मकालु एयरको नाइन एन ए जे यु विमान दुर्घटना भएको छ । दुर्घटना हुँदा दुईजना चालकको ज्यान गएको छ ।

सुर्खेतबाट सामान बोकेर हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा दुर्घटना हुँदा चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको ज्यान गएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।

अहिले एकजनाको शव निकालिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो ।


ताजा समाचार