अस्ताय एमाले सांसद लामिछाने
काठमाडौं । प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ । चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई अचानक ब्रेन ह्यामरेज भएपछि उनको अवस्था गम्भीर भएको र सोमबार निधन भएको नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले जानकारी दिएको छ ।
उहाँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज ९केएमसी० अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उहाँ नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्थ्यो।