Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

स्थानिय तहलाई व्यवास्ता नगर्न सांसदहरुलाई ध्यानाकर्षण


जाजरकोट । स्थानिय तहलाई व्यवास्ता गरी मनपरी ढंगले योजना छनौट नगर्न भेरी नगरपालिकाका जनप्रतिनिधिहरुले सांसदहरुलाई सुझाव दिएका छन् । प्रदेश सांसदहरुले स्थानिय सरकारलाई व्यवास्ता गरि कार्यकर्तामुखि भएर योजना छनौट गरिएको भन्दै उनिहरुले आपत्ति जनाएका हुन् । जिल्लाका सांसदहरुसंगको भेटघट तथा छलफल कार्यक्रममा सोमवार भेरी नगरपालिकाका जनप्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन् ।

स्थानिय सरकारलाई व्यवास्ता गरि आफुखुसी योजना छनोट गरी संचालन गर्ने कल्पना गर्नु उचित नहुने नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताएका छन् । योजना छनौट तथा संचालन गर्दा स्थानिय तहको सहभागिता अनिवार्य छ, त्यो भन्दा बाहिरबाट कुनै काम गर्न खोजीनु जनमुखी नभई कार्यकर्ता केन्द्रित हुने नगरप्रमुख घर्तीको भनाई छ ।

१३ नम्बर वडाका अध्यक्ष गोपाल बहादुर बटालाले आग्रह पुर्वाग्रह नराखि भुगोललाई समेत ख्याल गरी बजेट विनियोजन गर्न सुझाव दिएका छन् । त्यस्तै ९ नम्बरका वडाध्यक्ष धुर्व वहादुर पौडेलले आवश्यकतामा आधारित हुदै बृहत योजनालाई प्राथामिकता दिन सुझाव दिएका छन् ।

सांसदहरु कार्यकर्ता केन्द्रित हुन खोजीएको भन्दै जनमुखि हुन सुझाव ७ नम्बर वडाका अध्यक्ष चन्द्रबहादुर शाहीको सुझाव छ । त्यस्तै ३ नम्बर वडाका अध्यक्ष लिला बहादुर शाहले स्थानिय जनप्रतिनिधिलाई व्यवास्ता गरि कार्यकर्तालाई प्राथामिकता दिन खोजीएको भन्दै आपत्ति जनाएका छन् ।

उक्त कार्यक्रममा प्रदेश सांसद गणेश प्रसाद सिंहले कुनै पुर्वाग्रह नराखि स्थानिय सरकारलाई पुर्ण सहयोग गरीने बताएका छन् । योजना छनौट तथा संचालन गर्दा जनप्रतिनिधिलाई बाइपास गरिनु आफैमा संघीयता विरोधि हुने उनको तर्क छ । त्यस्तै सांसद कृष्णा शाहले भेरी नगरपालिकाको प्रशंसा गर्दै आफुहरुको पुर्ण सहयोग हुने वताएकी छिन् ।

यसैबिच स्थानिय तहको योजना तर्जुमा कार्यन्वयन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । नगरपालिकाका वडाध्यक्ष, सदस्य र वडा सचिवहरुको लागि आइतवार देखि संचालन भएको तालिमको सोमवार समापन गरिएको हो ।

https://www.youtube.com/watch?v=klu9W5_HnWE


ताजा समाचार