Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

शिवपुरीमा कक्षा ११ काेपरिक्षा शान्तिपूर्ण वातावरण सञ्चालन


जाजरकोट ,३०बैशाख । जाजरकोटकाे जुनिचाँदे गाउँपालिकाकाे शिवपुरी उच्च माध्यमिक बिद्यालयमा कक्षा ११ काे परिक्षा शान्तिपूर्ण वातावरणमा सञ्चालन भएको छ । अाईतवार देखि सञ्चालनमा अायकाे कक्षा ११ काे परिक्षाकाे पहिलो दिन शिवपुरी माविमा शान्तिपूर्ण वातावरणमा परिक्षा सञ्चालन भएको हाे ।

केन्द्राध्यक्ष रामअाश्रेय महताेका अनुसार जिल्लाकाे दुर्गममा रहेका ३ अाेटा माविका जम्मा ३सय २८ जना मध्य ४३जना अनुपस्थित भएको महताेले जानकारी दिए । बिद्यालय ब्यबस्थापन समिति जनप्रतिनिधि हरुकाे सल्लाह सुजावमा परिक्षा मर्यादित ढंग बाट अगाडि बढाएको शिवपुरी उच्च माध्यमिक बिद्यालयका प्रध्यान ध्यापक जय बहादुर शाहीले जानकारी दिए ।

बिद्यालयमा भाैतीक पुर्वाधार कमि हुदा पनि बिद्यालय हरुलाई परिक्षाम सामिल गरिएको प्रअ शाहीको भनाइ छ । अघिका दिन हरु भन्दा याे बर्षकाे परिक्षा पर्णालिमा केही नयाँ तरिकाले सञ्चालन गरिएको प्रअ शाहीले बताए । दिनप्रतिदिन जनशक्ति उत्पादन हुने तर गुणस्तरीय जनशक्ति उत्पादन नहुने भएकोले परिक्षा प्रणालीमा कडाइका साथ अगाडि बढाएको समेत प्रअ शाहीले जिकिर गरे ।

सञ्चालनमा अाएकाे परिक्षामा
महेन्द्र माबि कार्ताङ अादर्श माबि लुहादह शिवपुरी उच्च मावि गरि जम्मा २८५ जनाएको उपस्थिति रहेको बिद्यालय स्राेतले जानकारी दिएको छ ।


ताजा समाचार