Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

शिवालयका सबै वडामा मोटर बाटो

जाजरकोट । शिवालय गाउँपालिका जाजरकोटले सबै वडा कार्यालयसम्म मोटरबाटो पुर्याएको छ ।

सबै वडालाई सडक सञ्जालसंग जोड्ने गाउँपालिकाको लक्ष्य अनुसार चालु आर्थिक बर्षभित्र सबै वडा कार्यालयहरुमा मोटर बाटो पु¥याइएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । गाउँपालिकामा प्राप्त बजेटबाट योजनाबद्ध रुपमा प्राथमिकरण निर्धारण गरी मोटर बाटोहरु निर्माण गरिएको हो ।

‘यस आर्थिक बर्षमा हामीले सबै वडाको केन्द्रमा मोटरबाटो पु¥याएका छौं । आउँदो बर्षदेखि ट्याक खोलिएका मोटर बाटोको स्तरोन्नती गरिनेछ । शिवालयमा रहेका ९ वडाको केन्द्रमा मोटर बाटो पुगेपछि स्थानीयहरुलाई आवत जावतमा सहज भएको जनाइएको छ ।

शिक्षातर्फ तीन वटा उच्च माविहरुमा पहिलो चरणमा इ—हाजिरी प्रयोगमा ल्याइएको बताउँदै अध्यक्ष शाहीले एक बर्षभित्र गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालय, सरकारी कार्यालय, स्वास्थ्य संस्थाहरुमा इ—हाजिरीलाई अनिवार्य गरिने बताए । उनले भने ‘इ—हाजिरीको प्रयोगले कर्मचारी, शिक्षकहरुमा आनुशासन कायम भई आफ्नो दायित्व र जिम्मेवारी पुरा गर्न सहज हुनेछ । विद्यालयमा प्रयोग गरिएको इ—हाजिरीले शैक्षिक गुणस्तरमा बृद्धि हुनेछ ।’

गाउँपालिकामा प्रशिद्ध तिर्थ स्थल रहेको छ । शिवले आफ्नो श्रीमतिको लास घुमाउनेक्रममा एक रात सोही शिवालयमा बिताएको किम्वदंन्ती रहेको छ । सोही तिर्थ स्थलको नामबाट गाउँपालिकाको नाम राखिएको हुँदा शिवालयको जिर्णोदार गरी पर्यटिकय गन्तव्यको रुपमा विकास गरिने अध्यक्ष शाहीले जानकारी दिए । जिल्ला र प्रदेशकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित गाउँपालिकाले पूर्वाधार विकासमा प्राथमिकता दिएको जनाइएको छ ।


ताजा समाचार