Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

समृद्ध कर्णाली बनाउन नयाँ रुट : सांसद शाही

जाजरकोट । जाजरकोटबाट निर्वाचित कर्णाली प्रदेशका सांसद करविर शाहीले कर्णाली प्रदेशको समृद्धिका लागि नयाँ रुट पहिचान भएको बताए । सुर्खेत—साटाखानी—गर्पन—मेहली—कचाली—नाग्म हुँदै मुगु हुँदै चीन जोडने सडकलाई प्राथमिकता दिनुपर्ने बताए । प्रदेश सरकारको निती तथा कार्यक्रम र आगामी बजेटमा समेटन आफ्नो ठुलो प्रयास हुने बताए । उक्त सडक खण्डमा कुनै पनि नदि नपर्ने पहाड पहाडनै कालीकोट, जुम्ला र मुगुुबासीलाई ४३ किलोमिटर छोटाे, सजिलो र सुरक्षित मोटर बाटो हुने उनले बताए । त्यसैगरी छेडा—कचाली—जुनी हुँदै जुम्ला जोडने सडक प्राथमिकताका साथ अगाडी बढाइने बताए ।

शिवालय गाउँपालिका जाजरकोटको दोस्रो गाउँ सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा जानकारी दिएका हुन । दुई वटा मोटर बाटोले प्रदेशको राजधानी सुर्खेत पुग्न र नेपालगंज, दाङ, काठमाडौं जाने यात्रुलाई समेत छोटो र सहज हुने उनले बताए । गाउँपालिकाको प्रशिद्ध तिर्थस्थल शिवालयको प्रचार प्रसार गरी लुम्बीनि—दाङ—सल्यान खैरावाङ—कुपिण्डे—चौरजहारी—शिवालय हुँदै जुम्लाको तातोपानी र रारातालसम्मको पर्यटकिय सर्किट निर्माण गर्न आफ्नो तर्फबाट संधै पहल हुने बताए । विकासका सबै पक्षलाई पूर्णता दिएपछि आफै समृद्धि हुने बताउँदै समृद्धि विकासबाट मात्रै सम्भव हुने बताए । समृद्ध नेपाल र खुशी नेपालीको अवधारणामा पुग्न सबै राजनीतिक दल, नागरिक समाज एक भएर अगाडी बढ्न आवश्यक रहेको बताए ।

एक गाउँ एक उत्पादनको अवधारणा ल्याई गाउँपालिकाको सबै वडालाई कृषि उत्पादनमा जोड दिन सुझाव दिए । सिंहदरबारको अधिकार गाउँमा पुगेको छ । अधिकारसंगै केही विकृतिहरु पनि देखापरेको बताए । स्थानीय तह र प्रदेशलाई दिइएको अधिकार खोस्ने प्रयासहरु भएको बताउँदै शिक्षा र स्वास्थ्यबाट स्थानीय तहका केही अधिकार खोसिएको बताए ।

शिवालयका ७ विधेयक पारित
शिवालय गाउँपालिका जाजरकोटले विभिन्न ५ वटा नयाँ र २ वटा संशोधन सहित ७ वटा विधेयकहरु पारित गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभामार्फत विधेयकहरु पारित गरेको हो । आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने विधेयक, न्यायिक समितिले उजुरीको किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिसम्बन्धी विधेयक, सहकारी विधेयक, प्रशासकिय कार्यविधि नियमित गर्ने विधेयक र कृषि व्यवसाय प्रवद्र्धन विधेयक नयाँ पारित गरेको छ भने आर्थिक ऐन संशोधन गर्ने विधेयक र विनियोजन ऐन संशोधन विधेयकलाई संशोधन गरी पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र बुढाले जानकारी दिए ।


ताजा समाचार