Loading... आजः बिहिबार, जेष्ठ १८, २०८०
Trending

स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह तथा पैरवी सम्बन्धि संजाल बैठक सम्पन्न

जाजरकाेट । USAID र FHI 360 काे अार्थीक सहयाेग तथा सुन्दर नेपालकाे सहजीकरणमा सुशासन र स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह तथा पैरवी सम्बन्धि संजाल बैठक अाज जाजरकाेट खल‌गामा सम्पन्न भएकाे छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राम बहादुर नेपालीकाे अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जाजरकाेट जिल्लामा स्वास्थ्य समस्या लगायतका विषयमा छलफल भएकाे थियाे ।

साे बैठकमा सुन्दर नेपाल सस्था पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगत भएका गतिबिधिहरु र भएका कार्यहरुकाे प्रगती प्रस्तुत भएकाे थियाे र स्वास्थ्यका समस्या र सवालहरुलाइ न्युनिकरण गर्नका लागी विभिन्न निकायहरु सग अनुराेध गर्ने निर्णय भएकाे थियाे ।

त्यसैगरी जिल्ला जनस्वास्थ्यबाट स्वास्थ्य चाैकीहरुमा अाैषधी भए नभएका जानकारीका लागी सबैलाइ पत्रचार गर्ने, स्वास्थ्य चाैकीहरुकाे अनुगमनका लागि सम्बन्धित स्थानिय तहहरुमा अनुराेध गर्ने, जाजरकाेट जिल्ला अस्पतालमा रहेका रिक्त दरबन्दिहरु पद पुर्ति गर्नका लागि जिल्ला स्तरका सम्पुर्ण निकायसग छलफल गरि सम्बन्धित निकायमा पेश गर्न पहल गर्ने जस्ता निर्णयहरु बैठकले गरेकाे थियाे ।


ताजा समाचार