Loading... आजः शनिबार, अशोज २, २०७८

पत्रकारलाइ धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको गम्भीर ध्यानाकर्षण

जाजरकाेट । नेपाल पत्रकार महास‌घ कर्णाली प्रदेश समितिले पत्रकार पवित्रकुमार शाहीलाई समाचार लेखेकै आधारमा भाैतिक आक्रमण गर्ने धम्की दिएको घटनाप्रति बिज्ञप्ती निकाल्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति का सचिव समेत रहनु भएका शाही  नागरिक दैनिक कालीकोटका सम्वाददता तथा मिसन न्युज साप्ताहिकका सम्पादक हुनुहुन्छ ।

कर्णाली प्रदेश समितिका  महासचिव दिपेन्द्र शर्माकाे हस्ताक्षर भएकाे  बिज्ञप्तीमा भनिएकाे छ ।

मिति : २०७५।०१।२८ विज्ञप्ती नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति का सचिव तथा नागरिक दैनिक कालीकोटका सम्वाददता, मिसन न्युज साप्ताहिकका सम्पादक पवित्रकुमार शाहीलाई प्रकाशित समाचारको विषयलाई लिएर कालीकोट जिल्लाको रास्कोट नगरपालीका वडा नं. १ का वडा अध्यक्ष नवराज संज्याल र वडा नं. २ का वडा अध्यक्ष दयाराम सिंखडाले फोन गरी भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । सचिव शाहीका अनुसार २०७५ बैशाख २४ गते नागरिक दैनिकमा प्रकाशित ‘वडा अध्यक्ष प्रहरीको फन्दामा ’ शीर्षक समाचारको विषयलाई लिएर वडा अध्यक्षद्धय संज्याल र सिंखडा ९८४८३२९८९८ र ९८४८३११६३५ नम्बरबाट फोन गरी सचिव शाहीलाई ज्यान मार्ने भनी धम्क्याएका थिए । प्रकाशित/प्रसारित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर अपनाउनु पर्ने कानुनी उपचारका बाटोलाई छाडेर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतमाथिको हस्तक्षेप हो । पत्रकार महासंघ कर्णाली प्रदेश प्रेस स्वतन्त्रताविरोधी यस किसिमका घटनाको घोर भत्र्सना गर्दछ । र, धम्की दिने संज्याल र सिंखडा माथि तत्काल कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र सुरक्षित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

 


ताजा समाचार