Loading... आजः आइतवार, कार्तिक १६, २०७७

माेदी भ्रमण : जनकपुरमा सुरक्षा कडा, हवाई गस्ती सुरु

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी जनकपुरमा हवाई गस्ती सुरू गरिएको छ । मोदीको आउनु केही घण्टा समय बाँकी रहँदा जनकपुरमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो । शुक्रबार बिहानैदेखि दुईवटा हेलिकप्टरबाट नेपाली सेनाको टोलीले गस्ती गर्दै आएको छ। मोदी दुई घण्टासम्म रहुन्जेल हवाई गस्ती जारी रहने नेपाली सेनाले जनाएको छ ।

शुक्रबार बिहानैदेखि पसल र सवारी साधन ठप्प पारिएका छन् । आपतकालिन र भीआईपीका गाडी मात्रै चल्न दिइएको छ । मोदी शुक्रबार बिहान ९ बजेर १५ मिनेटमा हेलिकोप्टरबाट विमानस्थलमा जनकपुर आइपुग्ने छन् । मोदी आउने भएपछि जिल्ला जिल्लाबाट सर्वसाधारणलाई बसबाट ओसार्न थालिएको छ।

शुक्रबार बिहानैदेखि विमानस्थलबाट मुग्लिङ चोक, बसपार्क, रामानन्द चोक हुदैँ जानकी मन्दिर आउने सडकमा सवारी साधन आवतजावत गर्न पूर्णरुपमा बन्द गरिएको छ ।


ताजा समाचार