Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

ट्विटरमा ट्रेन्डिङ मा #BlockadeWasCrimeMrModi

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणमा आउने दुई दिन अगाडि ट्विटर प्रयोगकर्ताले दुई वर्षअघिको नाकाबन्दी सम्झिएका छन्।

मोदीलाई नाकाबन्दी अपराध रहेको सन्देशसहितको ‘ह्यासट्याग ब्लकेड वाज क्राइम मिस्टर मोदी’ अहिले ट्विटरमा ट्रेन्डिङ गरिरहेको छ।

२०७२ असोज ३ गते जननिर्वाचित संविधान सभाले संविधान जारी गरेकाेमा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि करिब ६ महिना लामो नाकाबन्दी गरेकाे थियाे। साे नाकाबन्दीका कारण नेपालमा अाैषाधिदेखि दैनिक उपभाेग्य वस्तु समेत अभाव भएकाे थियाे। नेपालकाे वर्तमान संविधानका ७ बुँदामा संशाेधन गर्न दवाब दिँदै नाकाबन्दी गरे पनि भारतले अाधिकारिक रूपमा साे विषय लुकाउँदै अाएकाे छ।

माेदी नेपालकाे राजकीय भ्रमणमा अाउनु अगाडि नेपालीहरूले त्यही पीडा सम्झिरहेका हुन्।

नाकाबन्दीका बेला भोगेको इन्धन, खाद्यान्न र औषधिको अभाव सम्झँदै ट्विटर प्रयोगकर्ताले सो कार्य अपराध भएको बताइरहेका छन्। ‘६ महिना लामो नाकाबन्दी, इन्धन, खाद्यान्न, औषधि अभावको त्यो पीडा अझै ताजै श्रीमान् मोदी’, ट्विटर प्रयोगकर्ता जगदीश रेग्मेले लेखेका छन्।

सरकारले जनमतविरुद्ध गएर मोदीको अभिनन्दन गर्न गइरहेको केहीको तर्क छ। ‘सत्ताधारीले गर्ने मोदीको अभिनन्दन जनमतविरुद्धको अनावश्यक खातिरदारी हो’, पत्रकार शिव दाहालले लेखेका छन्, ‘संविधान भारत अनुकूल नभएकै कारण नाकाबन्दी लगाउने मोदी नेपाली जनता माझ सधैँ घृणा पात्रको रुपमा रहनेछन्।’

ट्विटर प्रयोगकर्ताले नाकाबन्दीको मानवीय अपराधका लागि मोदीले माफी माग्नुपर्ने माग गरिरहेका छन्। ‘सीमा नाका बन्द गर्ने कदम प्रलयकारी थियो’, डा.गोथे मोदीको ट्विटर ह्यान्डल एटनरेन्द्रमोदीलाई मेन्सन गर्दै लेख्छन्, ‘हामीबाट वास्तविक स्वागत पाउन तिमीले क्षमायाचना गर्नैपर्छ।

कतिपयले भने सामाजिक सञ्जाल ट्विटरमा नाकाबन्दी सम्झेर भइरहेको डिजिटल प्रदर्शनलाई मिडियाले सेन्सर गरेको आरोप लगाएका छन्। ‘मोदी, नाकाबन्दी र नागरिक स्वागतबारेको अभिव्यक्तिलाई कुन चाहिँ ठूलो समाचार कक्षले रिपोर्टिङ गर्ने तागत राख्छ ?’ अर्पण श्रेष्ठले लेखेका छन्, ‘के तिमी फेरि अर्काे सेन्सरसीपको अर्को दृष्टान्त दिन चाहन्छौ ?’

ट्विटर प्रयाेगकर्तारले माेदी नेपाल अाइपुग्ने दिन अागामी शुक्रबार राति ८ बजेदेखि ८:१० बजेसम्म ‘ब्लाक अाउट’ गर्न अाह्वान गरेका छन्। उनीहरूले अहिले ट्विटर ट्रेन्डिङमा एक नम्बरमा रहेकाे #BlockadeWasCrimeMrModi लाई अागामी ७२ घन्टासम्म एक नम्बरमै ट्रेन्डिङ गराइरहन समेत अाह्वान गरेका छन्।



ताजा समाचार