Loading... आजः बिहिबार, भदौ ३१, २०७८

१५ हजार घुससहित विद्युतका ईञ्जिनियर, सुपरभाईजर र सहयोगी अख्तियारकाे फन्दामा

नेपालगन्ज। अख्तियार दुरुपयोग अनुसंधान आयोगको सम्पर्क कार्यालय कोहलपुरले नेपाल विद्युत प्राधिकरणका ईलेक्टिकल ईञ्जिनियरसहित तीन जनालाई सेवाग्राहीसंग घुस लिएको अभियोगमा रंगेहात पक्राउ गरी अनुसंन्धान सुरु गरेको छ ।

कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार बुधबार दिउसो करिव ३ बजेतिर नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका ईलेक्टिकल ईञ्जिनियर निसार अहमद खान, ईलेक्टिकल सुपरभाईजर विक्रान्त शुक्ला र सहयोगी गिरवरलाल धोबीलाई सेवाग्राहीबाट १५ हजार रुपैया घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका तीनैजनाले सेवाग्राहीलाई मिटर जडान गरिदिने, नामसारी गरिदिनको लागि भन्दै १५ हजार रिश्वत घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसंधान आयोगको सम्पर्क कार्यालय कोहलपुरको टोलीले नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरी उपरीक्षक कार्कीले पक्राउ परेका तीनै जना उपर आवश्यक अनुसंधान भईरहेको जानकारी दिए । उनले केहिदिन अघिमात्र औषधि व्यवस्था विभाग नेपालगन्जमा पनि स्टींग अपरेशन गरी एकजना फर्मासिस्टलाई रंगेहात पक्राउ गर्न सफल भएको जनाए ।

स्राेत : sadarline.com


ताजा समाचार