Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

महिला तथा बालबालिका लाई बिशेष कार्यक्रममा समेटने उपाध्यक्ष अाचार्यकाे प्रतिबद्धता ।


जाजरकोट,२४ बैशाख । जाजरकोटकाे जुनिचाँदे गाउँपालिकाकि उपाध्यक्ष शिभा अाचार्यले अागामि अार्थिक बर्षमा जुनिचाँदेमा महिला तथा बालबालिका लाई बिशेष कार्यक्रममा समेटेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेकि छन । जिल्लाकाे अति दुर्गम क्षेत्रमा रहेको जुनिचाँदे गाउँपालिकाम हाल महिलाहरु चुलाे चाैखाेमा मात्र सिमित रहेको ले महिला हरुकाे स्थर उकास्नकाे लागि बिशेष याेजना निर्माण गर्ने बताईन ।

बुधबार जुनिचाँदे गाउँपालिकाकाे साना खाेलाम १० दिने उद्यमशिलता बिकास तालिम उद्यगाटन गर्दै उपाध्यक्ष अाचार्यले यस्तो बताईन । जुनिचाँदे गाउँपालिका भित्र रहेका बालबालिका हरु अहिलेसम्म बिद्यालय बाहिर रहेको र महिला तथा बालबालिकाकाे क्षेत्रमा निकै पछाडि परेको समाजमा स्थर माथि ल्याउन विभिन्न कार्यक्रम निर्माण गरिने बताईन ।

उपाध्यक्ष अाचार्यका अनुसार गाउँपालिका स्थरिय बृहत छलफल गरि महिला हरुकाे जायज माग लाई समेटि अागामि गाउँ सभाम बिशेष याेजना निर्माण गर्ने समेत बताईन । साथै कार्यक्रम घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय जाजरकोटकाे अायाेजनामा सञ्चालन गरिएको थियो कार्यक्रम प्रमुख अथिति वडा न ११ का वडा अध्यक्ष अमर बहादुर शाही घरेलु तथा साना उद्योग बिकास समिति जाजरकोटका तथ्यांक शहायक माेतिराम तिरुवा लगाएतकाे बिशेष उपस्थिति रहेको थियो कार्यक्रममा ३९ जनाकाे उपस्थित रहेको कार्यक्रम १० दिन सम्म सञ्चालन हुने घरेलु समिति जाजरकोटले जानकारी दिएको छ।


ताजा समाचार