Loading... आजः बुधबार, कार्तिक ५, २०७७

कर्णाली प्रीमियर लिगमा सहभागी टिमका कप्तानहरु सार्बजनिक, रुपन्देही ११मा शक्ति गौचन

जाजरकाेट ।  प्रदेश नम्बर ६ को राजधानी सुर्खेतमा हुने कर्णाली प्रिमियर लिग टि-२० प्रतियोगितामा सहभागी हुने टिम र कप्तानको घोषणा गरिएको छ।  प्रतियोगितामा सहभागि देशभरका विभिन्न १० टिम र तिनका कप्तान घोषणा गरेको हो।

प्रतियोगितामा मदन भन्डारी स्पोर्ट्स एकेडमी, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब , रुपन्देही ११, महाकाली क्रिकेट क्लब, भेरिगङा स्पोर्ट्स क्लब , काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टर, ए बि सि क्लब तथा धनगढी क्रिकेट एकेडमीको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियाेगीतामा मदन भन्डारी स्पोर्ट्स एकेडमीकाे कप्तानमा रुपेस श्रीवास्तब, रोयल राइजिङ क्रिकेट क्लबकाे कप्तानमा बिबस गिरि, मध्यपश्चिम क्रिकेट क्लबकाे कप्तानमा सुबेन्दु पान्डे, त्रिभुवन आर्मी क्लब काे कप्तानमा विनाेद भन्डारि, रुपन्देही ११काे कप्तानमा शक्ति गौचन, महाकाली क्रिकेट क्लबकाे कप्तानमा प्रदिप एरि, भेरिगङा स्पोर्ट्स क्लबकाे कप्तानमा लोकेन्द्र बि क , काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टरकाे कप्तानमा सन्जय बस्नेत, ए बि सि क्लबकाे कप्तानमा रबिन्द्र साही तथा धनगढी क्रिकेट एकेडमीकाे कप्तानमा भुवन कार्की रहने छन् ।

बन्धु विकास सहकारी संस्थाले आयोजना गर्न लागेको टि-२० प्रतियोगिता जेष्ठ ३ गतेदेखी  सुर्खेतको  रंगशालामा प्रतियोगिताको सम्पूर्ण खेलहरु खेलिनेछ।

आयोजक बन्धु विकास सहकारी संस्थाले कर्णाली प्रदेशमा क्रिकेट गतिविधि सुन्य अवस्थामा रहेको र यस क्षेत्रमा क्षमतावान खेलाडीहरुको पहिचान होस् भन्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले बताएको छ।

रुस्लानले मुख्य प्रायोजन गर्ने प्रतियोगिताको बिजेताले रु. ३ लाख , उपविजेताले रु. १ लाख ५० हजार प्राप्त गर्नेछ। यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले रु. २ हजार ५०० प्राप्त गर्नेछ भने प्रतियोगिताको उत्कृस्ट खेलाडीले रु. २५, हजार र उत्कृस्ट बलर तथा ब्याट्सम्यानले रु. १० हजार प्राप्त गर्ने घोषणा गरिएको छ। यस्तै प्रत्येक दिन खेल हेर्ने दर्शक मध्ये भाग्यमानी १ जनालाई १ हजार रुपैयाँ समेत प्रदान गरिनेछ।

सुर्खेतमा यति ठुलो प्रतियोगिता आयोजना हुन लागको यो नै पहिलो पटक हो। राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडीहरुको सहभागिता रहने हुनाले प्रतियोगिता कर्णाली प्रदेशमै ऐतिहासिक र महत्वपूर्ण हुने बिश्वास आयोजक बन्धु विकास सहकारी संस्थाले गरेको छ।


ताजा समाचार