Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

कर्णाली प्रदेश पत्रकार महासंघको पहिलो बैठकमा सल्यानमा

सुर्खेत । कर्णाली प्रदेश पत्रकार महासंघको पहिलो बैठक सल्यान जिल्लामा हुने भएको छ ।

बैठक यही बैशाख २७ गते सल्यानको पर्यटकीय स्थल खैराबाङ्मा हुनेछ । कर्णाली प्रदेशको पर्यटन संरक्षण, सम्वद्र्धन र प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश महासंघले घुम्ति बैठक सल्यानमा राखेको महासचिव दिपेन्द्र शर्माले जानकारी दिनुभयो । “बैठकले प्रथमतः ‘सल्यान घोषणापत्र’ जारी गर्नेछ, जसले पत्रकार सञ्चारकर्मीहरुको हकहितका आवाजलाई सुनिश्चित गर्दै पर्यटनसहित यो प्रदेशको समग्र क्षेत्रको सुशासन र विकासलाई प्राथमिकतामा राख्नेछ,” उहाँले भन्नुभयो ।

त्यसैगरी सल्यान जिल्ला शाखाको आयोजना, प्रदेश महासंघ सहजीकरण र सरोकारवाला निकायहरुबीच पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया गरिने उहाँले बताउनुभयो । त्यसपछि सल्यानका पर्यटकीय स्थलहरु : कुपिण्डे दह, छायाँक्षेत्र अवलोकन गर्ने उहाँको भनाई छ ।

उहाँका अनुसार अवलोकनबाट पर्यटकीय क्षेत्रको प्राकृतिक, धार्मिक, साँस्कृति, पुरातात्विक र ऐतिहासिक महत्व, त्यहाँको विकास र देखिएका समस्याका बारेमा महासंघले उजागरी प्रदेश सरकारको ध्यानाकर्षण गरिनेछ । यो अभियान महासंघले कर्णालीका १० वटै जिल्लामा थाल्नेछ ।
बैशाख १२ गते प्रेस चौतारीका अध्यक्ष दुर्गा थापा नेतृत्वको निर्विरोध निर्वाचित २१ सदस्यीय कर्णाली प्रदेश पत्रकार महासंघको प्रदेश कार्य समितिका सदस्यहरुले यही २६ गते प्रमाणपत्र बुझ्नेछन् ।


ताजा समाचार