Loading... आजः सोमवार, कार्तिक १०, २०७७

बर्दियाली युवा सामाजिक कार्यमा अगि बढ्दै

बर्दिया । बर्दियामा युवाहरुलाई “अाफ्नाे ठाउँ अाफै बनाउँ” भन्ने मुल नारासहित स्थापना भएकाे बिकासप्रेमि समुह बर्दिया काे ‘बारबर्दिया’ उपसमितद्वारा अाज बारबर्दियाकाे सडक छेउछाउमा रहेका फाेहाेरमैला सरसफाई गरिएकाे छ ।

सडक छेउछाउमा रहेका फाेहाेरमैला सरसफाइ गर्दै बारबर्दियाका युवाहरुले बारबर्दियामा फाेहाेरमैला लाई ब्यवस्थित गर्न ठाउँ ठाउँमा सिमेन्ट रिङहरुकाे ब्यवस्था गरेका छन् । यतिबेला बारबर्दियाली युवाहरु अाफ्नाे ठाउँ लाई सफा र सुन्दर राख्न लागि परेका छन् । देश बनाउन कुनै ठुलाे काम नै गर्नुपर्छ भन्ने छैन अाफ्नाे टाेल समुदायमा सुधारका कामहरु हामी अाफैले गर्नुपर्दछ ।

हामी अाफैले गर्नसक्ने काम हरु स्थानीय स्तरमा अाफैले गर्न सके बिस्तारै समाज रुपान्तरण गर्न सकिने कुरा अभियानमा संलग्न सदस्य धनसिंह बिसिले बताएका छन् । अाफ्नाे ‘ठाउँ अाफै बनाउँ’ भन्ने नाराका साथ सुरु गरिएकाे अभियानलाई अाफुहरुले टाेलसमुदायकाे फाेहाेरमैला ब्यवस्थापनबाट अगि बढाएकाे र अागामी दिनमा बारबर्दिया नगरपालिका हुंदै बर्दिया जिल्लाका अन्य ठाउँमा पनि यस्तै सामाजिक कार्यलाई अगि बढाउने याेजना रहेकाे कुरा बताएका छन् ।


ताजा समाचार