Loading... आजः शुक्रबार, अशोज १, २०७८

कांग्रेस नेताको घरबाट पक्राउ परे जुवाडे, मुख्यमन्त्रीका स्वकीय सचिव फरार

सुर्खेत २४ बैशाख ।  बिरेन्द्रनगरमा जुवा खेलिरहेका अवस्थामा तीन जना पक्राउ परेका छन। वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित कांग्रेस नेता कालीप्रसाद शाक्यको घरमा जुवा खेलिरहेका तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

पक्राउ पर्नेमा ४३ वर्षीय बलबहादुर राना, घरधनी ५९ वर्षीय कालीप्रसाद शाक्य र ५५ वर्षीय दानबहादुर गुरुङलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। प्रहरीका अनुसार जुवाको खालबाट ३४ हजार ५०० रुपैयाँ पनि बरामद गरिएको छ। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा राखिएको छ।

सोही जुवा खालबाट कर्णाली प्रदेशका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव वीरबहादुर कुँवर (सुरेश पहाडी)को मोबाइल बरामद गरिएको स्रोतले बताएको छ । पक्राउ परेका कांग्रेस नेताले आफुहरुलाई मात्र पक्राउ गरेको तर मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिवलाई प्रहरीले भगाएको आरोप लगाएका छन्।

थाहा खबर


ताजा समाचार