Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

नेपाली क्रिकेट समर्थक समाजका काेषाध्यक्ष बज्राचार्यकाे मृत्यु

काठमाडौं । नेपाली क्रिकेट समर्थक समाजका सस्थापक सदस्य एवम काेषाध्यक्ष प्रमाेद बज्राचार्यकाे निधन भएको छ। काठमाण्डाैस्थित अन्नपुर्ण न्युराे अस्पतालमा उपचारत रहेका बज्राचार्यकाे आज विहान निधन भएको हो।

केहि दिन अघि घरमै एक्कासी बेहाेस भएर अस्पतालमा लगिएकाे बज्राचार्यकाे मृत्यु ब्रेन ह्यामरेजका कारण भएकाे हाे ।

नेपाली क्रिकेटमा सक्रिय भएर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा योगदान दिएका  बज्राचार्यकाे निधनले नेपाली क्रिकेट समर्थक समाज सगै नेपाली क्रिकेटमा ठुलाे क्षति भएकाे समर्थक समाजका अध्यक्ष भानु सिग्देलले बताए । यससगै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवार र समग्र नेपाली क्रीकेट समर्थक समाजका सम्पुर्ण सदस्यहरुमा धैर्य रहन अनुरोध गरेका छन् ।


ताजा समाचार