Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

रोल्पाको जिनावाङ नेपालकै पहिलो हरित वडा घोषणा

राेल्पा । रोल्पाको सुकिदह गाउँपालिका ३ जिनावाङ नेपालकै पहिलो हरित वडा तथा रोल्पा जिल्लाको पहिलो पुर्णसरसफाई उन्मुख वडा घोषणा भएको छ । ‘पुर्ण सरसफाइ उन्मुख हरित नमुना वडा हाम्रो पहिचान, आर्थिक समृद्धि र जीवन स्तर सुधार अबको अभियान’ भन्ने उदेश्यका साथ स्थानीय सरकारले वडा स्तरीय कार्यक्रम लागु गरेको थियो ।

उक्त अभियान मार्फत वडाका घरहरुमा एउटै हरियो रङ लगाइ सकिएपछि वडालाइ नेपालकै पहिलो हरित वडा घोषणा गरिएको हो । उक्त वडाभरका घरहरुमा हरियो रङ लगाइएको छ । जसले गर्दा सुन्दर गाउँ देखिएका छन । वडा सचिव कमलराज ओलीका अनुसार वडावासीको जिबन स्तर सुधार तथा सरसफाई अभियानले सबैको घरघरमा सुधारिएको चुलो निर्माण भएको छ ।

त्यहाँका प्रत्येक घर, प्रत्येक आँगन सफा छन भने, पानी शुद्धिकरण गरेर मात्रै पिउने चेतना जागेको छ । जिनावाङलाई शुक्रवार रोल्पा जिल्लाको पहिलो पुर्ण सरसफाइ उन्मुख वडा र नेपालकै पहिलो ‘हरित वडा’ घोषणा गरिएको हो ।

सुकीदह ३ जिनाबाङमा वडापालिकाको सबै घर हयिो रंग, करेसावारी निर्माण, घर वरीपरीको बोट विरुवा, बारीको संरक्षण लगायतको सबै हरित वडा घोषणा गरिएको हो । साथै पूर्ण सरफाई वडा उन्मुख बनाउने अभियानमा फण्डवोर्डको आर्थिक सहयोगमा पास नेपालको सामाजिक परिचालनमा अभियानले पूर्णता पाएको हो ।

जिनाबाङबीको उल्लेख्य सहभागितामा भएको उक्त कार्यक्रममा आमा समूह, युवा क्वल, बाल क्लव, शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो । पञ्चेवाजासहित ¥याली गरिएको थियो । सुकीदह गाउँपालिका वडा पालिका ३ का अध्यक्ष जलेश केसीको अध्यक्षता तथा प्रदेश नं। ५ का सांसद दीपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव कमल राज ओलीले गरेका थिए ।


ताजा समाचार