Loading... आजः आइतवार, कार्तिक ९, २०७७

भेरी नगरपालीका कृषि शाखाद्धारा कृषकलाइ विभिन्न बिउ बितरण

जाजरकाेट । भेरी नगरपालीका कृषि शाखा जाजरकाेटले कृषकलाइ चाहिने बिउहरु समयमा नै उपलब्ध गराएकाे छ ।

कृषि शाखाका अनुसार राधा-४ जातकाे धानकाे बिउ ७५ प्रतिशत अनुदान १५ क्विन्टल  बितरण गर्याे भने  रामधान जातको धानकाे मुल बिउ १५ क्विन्टल ५० प्रतिशत अनुदानमा बितरण गरेकाे छ ।

त्यस्तै  मकैको बिउ अन्तरगत उन्नत जातकाे ७५ क्विन्टल, देउती-रामपुर कम्पोजिट र मनकामना ३ जातको बिउ ७५ प्रतिशत अनुदान मा बितरण गरेकाे छ भने मुल बिउ  १२५० किलो देउती जातको ५० प्रतिशत अनुदानमा बितरण गरेकाे छ।

अहिले बिउहरु उत्पादन पकेट क्षेत्र मा बितरण गरीएकाे र नगरका सबै वडामा बितरण हुने कृषि शाखाले जनाएकाे छ ।

यसपटक समयमा नै बिउ उपलब्ध गराउदा किसान खुसी देखीएका छन् र अाफु चाहे अनुसारको सबै बीउ पाइएको किसानहरुले बताए ।

भेरी नगरपालिकाको कृषि उपशाखाले बिभिन्न वडा लार्यालय लगाएत गाउँमै अटो रिक्सा, ट्याक्टर  र बोकेरै बिउ बितरण गरेको कार्यलयका प्रा.स टोपेन्द्र नेपालीले बताए ।


ताजा समाचार