Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

पेटको वच्चासहित गर्भवतीको मृत्यु

सुर्खेत । सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको मुत्यु भएको छ ।

कालिकोट महावै गाँउपालिका १० स्थायी घर भएकी ३५ बर्षिय मनिषा सिंहको शुक्रबार विहान मृत्यु भएको हो । सामान्य अवस्थामा सुत्केरी गराउनाका लागि विहिवार विहान ११ बजे क्षत्रीय अस्पतालमा भर्ना भएकी थिईन् । राती १२ वजे सम्म पनि डाक्टर नआएकोले अस्पतालकै लापरवाहीका कारण मृत्यु भएको मनिषाका श्रीमान जगत सिंहले वताउनुभयो । विहान देखी नै अस्पताल भर्ना गरे पनि डाक्टरले कुनै वास्ता नगरेको मनिषाका श्रीमानको आरोप छ ।

छिटो सुत्केरी गराउनका लागि नर्सले सुई दिएको र पानी बग्दै जाँदा श्रीमतीको मृत्युभएको सिंहले वताउनुभयो । “विरामीले मलाई बरु छोरा चाहिदैन तर मलाई बचाईदेउ भन्दा पनि अस्पतालले वेवास्ता गरेको , समयमा अप्रेशन नगरेको , नाक मुखबाट रगत बगेको अवस्थामा मृत्यु भएको छ ” उहाँले भन्नुभयो । अहिले सम्म मृतक बच्चा मृतक सिंहको पेट भित्र नै रहेको सिंहले वताउनुभयो ।

सामान्य अवस्थामै रहँदा जाँच गराउन अस्पताल आएकी श्रीमतीको गुप्तांगबाट पानी बगेको भनी हात हालेर पानी पोका फुटालेर भर्ना गरेको मृतकका श्रीमानको आरोप छ । उहाँले अस्पतालमा दिनभरी मनिषाले आफूलाई बचाईदिन भन्दै हार गुहार गर्दा पनि राती १ बजेसम्म पनि डक्टर उपचारका लागि नआएको जानकारी दिनुभयो ।

उपचारमा लापरवाही गर्ने डाकटरलाई काबाहीको माग
अस्पतालले जानी जानी लापरवाही गरेको भन्दै मृत्यकका आफन्तले दोषीलाई कडा कारवाही को माग गरेका छन । उपचारमा चरम लापरवाही गर्ने लाई कडा भन्दा कडा कारवाही तथा मृतकका छोरा र छोरीको सम्पुर्ण जिम्मा सरकारले लिनुपर्ने उनिहरुको माग छ । मनिषाको एक छोरा र छोरीको सम्पुर्ण जिम्मा पनि अस्पतालले लिनुपर्ने उनिहरुको माग रहेकोछ ।

फोक्सोमा पानी जम्दा गर्भवतीे मृत्यु : अस्पताल
अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर डम्बर खड्काले फोक्सोमा पानी जमेको कारण मनिषा सिंहको मृत्यु भएको वताउनुभयो । गर्भवति सिंहको उपचारमा अस्पतालको कुनै लापरवाही नभएको डाक्टर खड्काले प्रष्टयाउनुभयो । उहाँले मृतकका आफन्तले लगाएको आरोप अस्वीकार गर्नुभएको छ । अस्पतालका कारण नभई पानी पोका आफै फुटेर फोक्सोमा पानी गएकाले मृत्यु भएको डाक्टर खड्काको भनाई छ ।

५ दिनदेखि मरेकै बच्चा पेटमा
दैलेखको ठाँटीकाँध गाउँपालिका १ कोशेरीकी नन्दकली विक (चाकुरी ) पाँच दिनदेखि पेटमा दुई वटा बच्चा मृत अवस्थामा रहेका छन । दैलेखको ठाँटीकाधमा चेक गराउदा डाकटरले पेटमा रहेका वच्चा मृत्यु भएको वताएपछि विक अस्पतालमै उपचारका लागि भर्ना हुनु भएको छ ।

वैशाख १७ गते दैलेखमै जाँच गराएर १८ गते चाकुरी र उहाँका श्रीमान हरि विक क्षेत्रीय अस्पताल सुर्खेतमा आउनुभएको हो । १९ गते सुर्खेतको विरेन्द्रनगरमा पुःन भिडियो एक्सरे गर्दा दुई वटै बच्चा मृत भएको जानकारी अस्पतालका डाक्टरले वताएको विकका श्रीमान हरिले वताउनुभयो । औषधी किनेर ल्याउनुस मृत वच्चाहरु निकाल्नुपर्छ भनेको र अहिलेसम्म पनि चाकुरीको अप्रेशन हुन नसकेको उहाँले वताउनुभयो । अस्पतालले भने अवस्था हेरेर अप्रेशन गरिने बताएको छ ।


ताजा समाचार