Loading... आजः बुधबार, कार्तिक १२, २०७७

गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट व्यवसायी धमाधम पक्राउ जाजरकोटमा प्रहरी प्रशासन भने मौन

जाजरकाेट । सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थाले संगै जाजरकोट प्रहरी प्रशासन भने मौन देखिएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि नेपालभरी पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव लगाएतका ब्याबसायिक हरु पक्राउ परेका छन भने जाजरकोट प्रहरी र जिल्ला प्रशासन कार्यालय मौन देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हाल सम्म केन्द्र बाट कुनै निर्देशन नआएको ले कुनै पनि कदम नचलाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारि दिएको छ । जिल्ला सदरमुकाम खलंगा देखि बाहिरीने  भित्रिने यातायातका साधन हरु शुत्रबार बिहान देखि अबरुद्ध हुदासमेत जाजरकोटको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मौन अवस्थाम रहेका छ ।

यातायात क्षेत्रमा हड्ताल गरेर कानून उल्लंघन गरेको अभियोगमा संघका बिभिन्न पदाधिकारीहरु बिभीनि जिललाहरुमा पक्राउ परेपनि जाजरकोटमा भने कुनै कदम चलाएको छैन ।अन्य जिल्लामा प्रहरीले यातायातका साधन बन्द गराउने संघका बिभिन्न पदाधिकारीलाई खोजी गरिरहेको सूचना आयता पनि जाजरकोटमा हाल सम्म कुनै निर्देशन नआएको प्रहरी नायव उपरीक्षक भाबिस रिमालले जानकारी दिए।

सिण्डिकेटको पक्षमा हड्ताल गर्दै आन्दोलनमा उत्रिएका बस समितिका पदािधकारीलाई पक्राउ गर्न गृहमन्त्रीले आदेश दिएको जानकारि सामाजिक सञ्जालम मात्र सिमित रहेको छ । हाल बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्नेलगायतको व्यवस्थासहितको यातायात कार्य्विधि निर्दे्शिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।


ताजा समाचार