Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

जाजरकोटमा सार्वजनिक यातायात बन्दको प्रभावले, यात्रुको बिजोग

जाजरकोट,२१ बैशाख। जाजरकोटमा सार्वजनिक यातायात बन्दको प्रभावले यात्रुहरुको बिजोग भएको छ । सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव ले जाजरकोटमा बुधबार बिहान देखि यातायातका साधन बन्द भएका छन । नियमित सञ्चालनमा आएका भेरीगंगा यातायात ब्यबसायिक ,मध्य पश्चिम यातायात ब्यबसायिक ,काक्रे बिहार यातायातका सबै सार्वजनिक यातायातका साधहरु बन्द हुदा यात्रुहरु बिजोगमा परेका हुन । हाल सदरमुकाम खलंगा आसपास भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन मोटरसाइकल चलिरहेका छन् ।

शान्ति चौतारा बसपार्कको पार्किङ क्षेत्रमा गाडीहरु यातायात ब्यबसाही हरुले थन्काइएका छन । टिकट काउन्टर बन्द छन् । गाडी नपाएर यात्रुहरु जानुपर्ने गन्तब्य सम्म यातायातका साधन नपाउदा अलपत्र परेका छन् । सवारी नचल्दा सर्वसाधारण यात्रु समस्यामा परेका छन् । यातायात व्यवसायीको हड्तालको प्रभावले जाजरकोटबाट छुट्ने सवारी साधनहरु हड्तालका कारण यातायात व्यवसायीका संघरसमितिहरुले बसर जीप चलाएका छैनन् । सधैं व्यस्त र भरिभराउ हुने छिन्चु जाजरकोट सडक खण्ड आज सुनसान छ । बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् ।

बसबाट स्कूल जाने विद्यार्थीहरु पनि हड्तालले समस्यामा परेका छन् । उता जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षेक भाबिस रिमालका अनुसार गृहमन्त्री रामबहादुर ‘बादल’ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएको कुरामा जाजरकोटमा कुनै जानकारि नभएको जानकारि दिएका छन । जाजरकोटमा अहिले सम्म कुनै आन्दोलनले कुनै असर नपरेको जानकारि दिए हाल शान्ति पूर्ण आन्दोलन भइरहेको रिमालको भनाइ रहेको छ । जिल्लाको पाचँकाटिया छेडा थलह सडक सण्डमा अन्य गाडिहरु सञ्चालनमा आएको र हाल समितिहरुको गाडिमात्र बन्द रहेको रिमालको भनाइ रहेको छ ।


ताजा समाचार