Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

छिमेकीलाई दिसा खुवाउने महिला पक्राउ

सुर्खेत २० वैशाख । सुर्खेतमा अन्तरिक विवाद हुदा छिमेकीलाई दिसा खुवाउने एक जना महिला पक्राउ परेकी छन ।

बराहताल गाउँपालिका ५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका ५ का भक्त बहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बडडीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन ।

गाउँमा सलामीले मदिरा सेवन गरी गाली बेइजती गरेको भनि थापाले प्रहरीचौकी उजुरी गरेकी थिइन ।

प्रहरीले थापा र सलामी दुवै पक्षलाई झिकाई वडा नं. ५ का वडा अध्यक्ष दिल मसांङ्गीको रोहबरमा छलफल गर्दा अविरको टिका लगाएर सलामी संग मिलापत्र गर्छु भन्दै पलाष्टिकमा लुकाई ल्याएको दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक उमाकान्त चर्तुवेदिले जानकारी दिनुभयो ।

प्रहरी कार्यालय बडडीचौरमा मिलापत्रको छलफलका क्रममा दिशा खुवाएपछि सलामीले प्रहरीमा गजुरी दिएको र त्यसैको आधारमा थापालाई पक्राउ गरिएको चर्तुवेदिले वताउनुभयो । प्रहरी कार्यालयमा दिशा खुवाउने थापालाई थप अनुसन्धान गरिरहेको उहााले वताउनुभयो ।

बडडीचौर प्रहरीले चौखिमै दिशा खुवाएपछि विवाद वढदा थापा र सलामीको पक्षलाई छलफलको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको थियो ।


ताजा समाचार