Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

कर्णाली प्रदेशसभाको २२ वटा बैठक २६ घण्टा ४३ मिनेट संचालन

सुर्खेत, २० बैशाख  ।  कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन ८७ दिन चलेको छ । पहिलो अधिवेशनका क्रममा ८७ दिनको अवधिमा २६ घण्टा ४३ मिनेट कर्णाली प्रदेश सभाको सभा संचालन भएको छ ।

कर्णाली प्रदेशसभाको २२ वटा बैठक ८७ दिनमा २६ घण्टा ४३ मिनेट संचालन भएको संसद सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी हालसम्म सभाले गरेको निर्णयहरुलाई सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेश सभाको गत माघ २१ गते पहिलो अधिवेशनको पहिलो बैठक वसेको थियो भने २२ औ तथा अन्तिम बैठक बैशाख १८ गते वसेर पहिलो अधिवेशन अन्त्य भएको कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाहीले जानकारी दिनुभयो । ८७ दिन सम्म संचालन भएको प्रदेश सभा बैठकले उक्त अवधिमा विभिन्न १८ वटा महत्वपूर्ण निर्णय गरेको सभामुख शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली प्रदेशको सरकारले संसदमा विभिन्न ४ वटा विधेयक दर्ता गराएको छ । जस अनुसार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५को मस्यौदा , कर्णाली प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धि विधेयक २०७५को मस्यौदा , संघ सस्था नियमन गर्ने सम्बन्धी विधेयक २०७५ को मस्यौदा र कर्णाली प्रदेशका मुख्य न्यायधिवक्ताको सेवा सुविधा सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता भएको सभामुख शाहीले जानकारी दिनुभयो ।

पहिलो अधिवेशनका क्रममा दर्ता गरिएका सवै विधेयकहरु दोस्रो अधिवेशनमा टेवल हुने शाहीले वताउनुभयो । कार्यक्रममा बोल्दै सभामुख राजबहादुर शाही सभा सञ्चालनमा सञ्चारकर्मीले गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाले संसदको लागी उपयुक्त सभाहल नहुँदा भएका कमीकमजोरी हरुबाट पाठसिक्दै स्थायी संसद भवनमा व्यवस्थित गरिने वताउनुभयो ।


ताजा समाचार