Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

बन्दमा कम्पनीमा आबद्ध सवारीसाधन चल्ने

काठमाण्डाै । कम्पनीका नामबाट संचालित सवारीसाधनले आफ्नो सेवालाई शुक्रबार निरन्तरता दिने भएका छन्।

विभिन्न समितिमा आबद्ध सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुले भोलि शुक्रबार सवारीसाधन बन्द गर्ने निर्णय गरेका बेला कम्पनीमा आबद्ध भएका सवारीसाधन सेवा दिन तयार भएका हुन्।

यातायात व्यवस्था विभागसँग आज भएको छलफलमा विभिन्न यातायात कम्पनीका प्रतिनिधीले सुरक्षाको प्रत्याभूति भएमा सबै सवारीसाधन संचालन गर्ने प्रतिबद्धता जनाएका हुन्। सिन्डिकेट विरुद्ध सरकारी निर्णयको विरोध गर्दै आएका समिति आवद्ध व्यवसायीहरुले भोलि सम्पूर्ण सवारी साधन बन्द गर्ने निर्णय गरेसँगै विभागले कम्पनीमा दर्ता भएका व्यवसायी र ट्राफिक प्रहरीसँग गाडी संचालनका सम्वन्धमा छलफल गरेको थियो।

छलफलका क्रममा व्यवसायीहरुले पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने र सवारीसाधनमाथि तोडफोड भएमा त्यसको तत्काल क्षतिपूर्ति दिलाइनुपर्ने माग गरे आवश्यक परेको खण्डमा संचालन हुने सवारीसाधनमा हतियारसहितका सुरक्षाकर्मीहरु समेत परिचालन गर्ने विभागले जनाएको छ।

विभागका निर्देशक तिर्थराज खनालले आफूहरु सुरक्षा दिन तयार रहेको बताउँदै निर्वाध रुपमा सवारी साधन संचालन गर्न आग्रह गरे। बन्द भएका समितिका काउन्टरहरु कम्पनीहरुलाई दिनेगरी सरकार अघि बढेको उनले बताए। ‘समितिका काउन्टरहरु बन्द गरिएमा, ति काउन्टरहरु कम्पनीलाई दिएर यातायात व्यवस्थापन गर्ने हाम्रो तयारी छ’ उनले भने।

कम्पनी आबद्ध यातायात व्यवसायीहरुले आफूहरुलाई पहिलेदेखि नै विभिन्न समूहबाट धम्की आउने गरेको गुनासो गरेका थिए। टुरिष्ट बस एसोसिएसन अफ नेपालका महासचिव कृष्ण आचार्यले विभिन्न समूहबाट धम्की आएको बताउँदै सुरक्षा व्यवस्था बलियो बन्नुपर्नेमा जोड दिए। ‘जुनसुकै बेला, जहाँसुकै हाम्रा सवारीसाधनमाथि आक्रमण हुन सक्छ, त्यसकारण सरकारले सुरक्षाको प्रत्याभूति गर्नुपर्छ, हामी सवारीसाधन संचालनका लागि तयार छौँ’ आचार्यले भने।

कम्पनीमा दर्ता भएका सवारीसाधन संचालनका लागि शुक्रबार कुनै रुट पर्मिटको जरुरत नपर्ने विभागले स्पष्ट पारेको छ। रुकुम यातायात प्रालिका अध्यक्ष केशव रावलले कतिपय समितिका गाडीहरु समेत संचालनका लागि इच्छुक रहेको बताउँदै सरकारले ति सवारी संचालनका लागि पनि पहल गर्नुपर्नेमा जोड दिए।

यी हुन् संचालनमा आउने प्रतिबद्धता जनाएका यातायात कम्पनीहरु


ताजा समाचार