Loading... आजः मङ्लबार, कार्तिक ९, २०७८

जनकपुरको साँचो मोदीलाई बुझाउने नेपालकाे तयारी

जानकपुर,२० बैशाख । जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । नेपाल र भारत बीचको सम्बन्धमा जनकपुरको योगदान महत्वपुर्ण रहेकोले यहाँको विकासलाई गति दिन भारतीय सहयोग आवश्यक रहेको मेयर साहको भनाई छ ।मेयर साहले भने,‘हामी मोदीको भ्रमणलाई कसरी भव्य बनाउने विषयमा गम्भिर छौ । तर त्यसका साथ साथै जनकपुरको विकासमा भारतको सहयोगको कसरी लिन सकिन्छ,त्यस विषयमा पनि छलफल गरिरहेका छौ ।’ उनले भ्रमणलाई भव्य बनाउन जनकपुर उपमहागनरपालिकाले वडाध्यक्षदेखि सम्पुर्ण कर्मचारीलाई खटाएको बताए । पहिलो पटक भारतीय प्रधानमन्त्री जनकपुरको भ्रमण गर्न लागेकोले त्यसलाई सफल बनाउन स्थानीय नागरिक समाजलाई समेत आग्रहा गरेका छन्।

मोदीलाई जनकपुर उपमहानगरपालिकाले अभिन्नदन गर्ने 
भारतीय प्रम नरेन्द्र मोदीलाई जनकपुर उपमहागनरपालिकाका मेयर लालकिशोर साहले नागरिक अभिन्नदन गर्ने भएको छ ।

संघिय मामिला मन्त्रालयले आईतवार नै मोदीको नागरिक अभिन्नदनको लागि तामपत्र तयारी गरि २२ वैशाख सम्म पठाउन जनकपुर उपमहागनरपालिकालाई पत्र पठाएको छ । मेयर साहले भने,‘ नागरिक अभिन्नदनका लागि तामपत्रमा के उल्लेख गर्ने ? कुन हिसावले बनाउने विषयमा नगरको बोर्डमा छलफल गरि संघिय मामिला मन्त्रालयका त्यसको नमुना पठाउछौ, त्यहाँका अनुमति आएको खण्डमा सोही अनुसार तयार गछौ ।’

मेयर साहले नै अभिनन्दन पत्र पढेर प्रम मोदीलाई प्रदान गरिनेछ । र प्रदेश सरकारले मिथिला आर्टका मायाका चिन्हो प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यस अघि पुर्व भारतीय राष्ट्रपति प्रणव मुजर्खी जनकपुर भ्रमणमा आउदाँ जनकपुर उपमहानगरपालिका तत्काल कार्यकारी अधिकृत पुण्यप्रसाद लुईटेलले नागरिक अभिन्नद गरेका थिए।

दुई घण्टे मोदीको जनकपुर भ्रमण 
अगामी ११ मई विहान करिव ९ वजे भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने गरि प्रदेश सरकारले तयारी थालेको छ । प्रम मोदीले हेलिकोप्टरबाटै जनकपुर आउन लागेको प्रदेश सरकारको भनाई छ । मोदीको जनकपुर भ्रमणको वेला तीन वटा हेलिकोप्टरसँगै आउने प्रदेश सरकारको जानकारी दिईएको छ ।

तीन वटा होलिकोप्टरलाई आवतरण गराउन फराकिलो जग्गाको आवश्यकता भएकोले अहिले सम्म स्थानीय रंगभुमि मैदानमै हेलिकोप्टर आवतरण गराउने गरि प्रदेश सरकारले तयारी गरेको छ । मोदी जनकपुरमा आवतवरण पश्चात जानकी मन्दिरमा पुजापाठ गर्ने बताईएको छ । मैदानबाट करिव ५ सय मिटरको दुरीमा रहेको जानकी मन्दिरमा पैदल वा गाडी जसरी गए पनि दुवै विकल्पमा प्रदेश सरकार तयारी गरिरहेको छ । त्यसका लागि जनकपुर उपमहागनरपालिकाले सो सडक खण्ड अर्थात रामानन्द चोकदेखि जानकी मन्दिरसम्म तत्काल कालोेपत्रे गर्न लागेको छ ।

जानकी मन्दिरमा पुजापाठसँगै जानकी मन्दिरले समेत मोदीलाई विशेष स्वागत गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरका छोटा महन्थ रोशन दासले मोदी भ्रमणको दिन मन्दिरमा विशेष पुजापाठको व्यवस्था गरिने बताए । जानकी मन्दिरमा रेड कार्पेट ओछयाउनको साथै जानकी मन्दिरले पनि आफ्ना तर्फबाट मायाको चिनो प्रदान गर्ने उनले बताए ।

जानकी मन्दिरबाट फर्केपछि पुनः वारहविघामा प्रम मोदीलाई जनकपुर उपमहागनरपालिकाले नागरिक अभिन्नदन गर्ने कार्यक्रम रहेको छ । त्यहाँ जउनपाका मेयर साहले नागरिक अभिन्नदन गर्ने कार्यक्रम रहेको छ । नागरिक अभिन्नदनपछि करिव ५० हजार जन समुदायलाई मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि प्रदेश सरकारले प्रदेशका ८ वटै जिल्लाबाट मान्छे बोलाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका सचिव हरि फुयाँलले बताए । उनले भारतीय प्रम मोदीको जनकपुरमा दुई घण्टाको कार्यक्रम तय भएको बताए ।

जनकपुरबाट मुक्तिनाथ जाने 
भारतीय प्रधानमन्त्री मोदी भारत विहारको पटनाबाट सिधा पहिला जनकपुर आउने कार्यक्रम छ । गृहमन्त्री थापाका अनुसार जनकपुर भ्रमण पश्चात मोदी भ्रमण मुस्ताङकाृ भ्रमण गर्ने कार्यक्रम तय भएको हो । मोदीको जनकपुरधाम भ्रमणको क्रममा पहिलो कार्यक्रम जानकी मन्दिरमा पुजा गर्ने र त्सपछि वारहविघामा अभिनन्दन कार्यक्रम हुने बताउँदै उनले अभिनन्द कार्यक्रममा नै मोदीको नागरिक सम्वोधन पनि हुने वताए । मोदीको स्वागतको सम्पूर्ण कार्यक्रमको व्यवस्थापन प्रदेश सरकारले गर्ने उल्लेख गर्दै थापाले संघिय सरकारले समन्वयको भूमिका निर्वाह गर्ने बताए ।

मोदीको सुरक्षाको जिम्मा देशकै भएको भन्दै उनले भने,‘कडा सुरक्षा बीच उहा भ्रमण हुन्छ, त्यसका लागि हामी उच्च सुरक्षा व्यवस्था मिलाउछौ ।’ मोदीको भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने उनले बताए ।दाबी समेत गरे ।

मोदीको जनकपुर भ्रमण एतिहासिक भ्रमण हो, उनले भने,‘ यसलाई भव्य बनाउन प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयवासीको दायित्व हो ।’

उज्यालो बाट


ताजा समाचार