Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

७ नम्बर प्रदेशलाई मनमोहन मेमोरियल यु १६ क्रिकेट प्रतियोगिताको उपाधि

काठमाण्डाै । प्रदेश नम्बर २ लाई हराउँदै मनमोहन मेमोरियल यु १६ प्रतियोगिताको उपाधि प्रदेश नं. ७ ले जितेको छ।

टि यु मैदानमा बुधबार भएको फाइनलमा प्रदेश नं. ७ ले प्रदेस नं. २ लाई २४ रनले हराउँदै उपाधि जितेको हो।

पहिले ब्याटिङ गर्दै प्रदेश ७ ले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रनमा समेटियो। उसका लागि अमित यादवले ८० रनको पारी खेले पनि अन्य खेलाडीले जमेर खेल्न नसक्दा हार ब्यहोर्नुपर्‍यो।

२ नम्बर प्रदेशका लागि तिर्थ राज दासले २७, साहिल पटेलले २५, इमरान शेखले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।

प्रदेश सातका लागि मनोज लोथ्यालले सर्वाधिक ५ विकेट लिए भने नरेन्द्र साउदले ३ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको सात नम्बर प्रदेशले निर्धारित ३० ‌ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। उसका लागि राहुल भण्डारीले सर्वाधिक ३८ रनको पारी खेले। रोशन साउदले नटआउट ३७, हृदय विठारीले ३३ तथा नरेन्दर साउदले नटआउट २० रन बनाएका थिए।

प्रदेश नम्बर २ का लागि विवेक यादवले २ तथा विक्रम कुशुवाह, सांसद अलि मन्सुरी र निखिल सिंहले समान १-१ विकेट लिए।

प्रतियोगिताको विजेता तथा उपविजेतालाई नेकपा एमालेका वरिष्ठ नेता वामदेव गौतम, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार वितरण गरे। विजेता प्रदेश नम्बर ७ ले नगद २ लाख ५० हजार हात पार्‍यो भने उप विजेतामा सिमित प्रदेश २ ले नगद १ लाख ५० हजार प्राप्त गर्‍यो।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान दुई नम्बर प्रदेशका अमित यादव भने भने बेष्ट बलर सात नम्वरका नरेन्द्र साउद ठहरीए । यस्तै बेष्ट किपर सात नम्वर कै राजन सिंह बने ।

यस्तै बेष्ट फिल्डर सात नम्वर प्रदेशका ह्रिन्ड्य विठारी बने । प्रतियोगिताको म्यान अफ द सिरीज दुई नम्वर प्रदेशका विवेक यादव भए। म्यान अफ द सिरिजले १० हजार तथा अन्य उत्कृष्टले ५/५ हजार नगद पुरस्कार पाए।


ताजा समाचार