Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

व्यवसायीक बाेइलर कुखुरा पालन तालिम सम्पन्न

जाजरकाेट । भेरी नगरपालिका पसुपन्छी शाखा जाजरकाेटकाे अायाेजनामा नगर भित्र बाेइलर कुखुरा पालन गर्ने कृषकहरुकाे लागी ३ दिने व्यवसायीक बाेइलर कुखुरा पालन तालिम सम्पन्न भएकाे छ ।

नगर प्रमुख सी.पि घर्तिले उद्घाटन गरेकाे उत्त तालिम बैशाख १२ देखी १९ गते सम्म सञ्चालन गरीएकाे थियाे भने तालिममा भेरी न.पा का १३ वटै वडाका कृषकहरुकाे सहभागी रहेकाे थियाे ।

यस नगर भित्र अब्यवस्थित रुपमा बाेइलर पालन गर्दा कुखुरा धेरै मर्ने र कृषकले नाफा कमाउन नसकिरहेकाे सन्दर्भमा याे तालिम अायाेजना गरीएकाे नगरपालीका पशुपन्छी शाखाका प्रमुख डा. ऋृषिराम सापकाेटाले बताए । ब्यवसायिक रुपमा बाेइलर पालन गर्नेकाे सङ्ख्या बढि रहेकाे तर प्राविधिक ज्ञानकाे कमिले गर्दा कृषक सफल हुन नसकिरहेकाेले याे तालिम पस्चात बाेइलर पालनमा सुधार अाइ जाजरकाेट जिल्लालाइ बाेइलरकाे मासुमा अात्मनिर्भर बनाउने र छिमेकी जिल्लामा समेत बाेइलर पुर्ति गर्ने उद्धेश्य समेत रहेकाे डा. सापकाेटाकाे भनाइ थियाे ।


ताजा समाचार