Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

विशाल चन्द ‘जाजरकाेटी’ का मुक्तकहरु

मुक्तकहरु
१.
हावासंगै बगिदिन्छ बैमानी बादलको के काम
होसमा हुने निकम्मा भएसी पागलको के काम !
यसरी नै बाँधिन पाउँ जुनीभरलार्इ तिम्रै साथमा
तिम्रो न्यानो अँगालोमा भए आँचलको के काम !!

२.
मान्छु तिमीमा वहुत कडा अडान छ
शरीर फलामको अनि मन चट्टान छ !
सोच्नै सकिएन यति धेरै फरक पर्ला
यो मन तिम्रो जस्तो भएन नादान छ !!

३.
संगै सेवा प्रवेश गरेको साथीको शहरमा घर भयो
मेरो मनमा भने त्यति व्यापक कमाउन डर भयो !
जुन अवस्थमा थिए त्यस्तै आजका दिनसम्म पनी
उहाँ महासयको परिवार संगै शहरमा सफर भयो !!

४.
दिल यो पिडाहरुको घर भयो जन्मेदेखि नै
कुन्नी कुन बैरीको नजर भयो जन्मेदेखि नै !
दुस्मनहरुबाट त म आफै बच्न सक्नेथिए
आफ्ना भन्नेहरुबाट डर भयो जन्मेदेखि नै !!

५.
भट्टी मनको भारी बिसाउने थलो भएको छ
सराव पनि खै किन हो रु पातलो भएको छ !
विग्रेको काठको झै हालत भएको छ मेरो
न जुवा नै भएको छ न त हलो भएको छ !!


ताजा समाचार