Loading... आजः बुधबार, कार्तिक ५, २०७७

थ्रीस्टार क्लबका समर्थकका लागी खुसीकाे खबर, माइ भ्याली गोल्डकपकाे उपाधि

इलाम । इलाममा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण चौथो माइ भ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्रीस्टार क्लबले जितेको छ ।

इलामस्थित ठूलो टुँडिखेल मैदानमा सोमबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा थ्रीस्टारले चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई शून्यकाविरुद्ध १ गोलले हराउँदै सिजनको पहिलो उपाधि जित्न सफल भयो ।

निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको ९४ औं मिनटमा थ्रीस्टारका लागि सुनिल बलले एक मात्र निर्णायक गोल गरे । उपाधिसहित थ्रीस्टारले नगद ६,६६,६६६ रुपैया हात पारेको छ । त्यस्तै उपविजेता बनेको मनाङले भने ४ लाखमा चित्त बुझाएको छ ।

मनाङमाथि थ्रीस्टारको यो लगातार दोस्रो फाइनल जित थियो । यसअघि गत बर्ष बुटवलमा सम्पन्न मदन भण्डारी गोल्डकपको फाइनलमा पनि थ्रीस्टारले मनाङलाई हराउँदै उपाधि जित्न सफल भएको थियो ।


ताजा समाचार