Loading... आजः मङ्लबार, अशोज ५, २०७८

नगर प्रमुख बस्नेत र अध्यक्ष केसी बिच भेटबार्ता कृषि पर्यटन बिषयमा छलफल ।

जाजरकोट ,१६ बैशाख । ईलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत र जाजरकोट जिल्ला जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी बिच भेट बार्ता भएको छ । बहुक्षेत्रीय अबलोकनकाे क्रममा ईलाम पुगेका अध्यक्ष केसीले जुनिचाँदे गाउँपालिका भित्र रहेको कृषि र पर्यटन क्षेत्रकाे बिषयमा छलफल गरिएको थियो ।

ईलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले जाजरकोट जिल्ला सधै राेग भाेग ले प्रख्यात रहेको ले अागामि दिनमा कृषि तथा पर्यटन क्षेत्रमा अाफुले सक्दाे सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । ईलाम जिल्ला भारत संग सिमाना जाेडिएकाे हिजोका दिन देखि धेरै कष्टकर ब्यहाेरेर अहिले सफलता हासिल गरेको बताए ।

बिकास भन्ने अाफैमा नहुने सबैकाे साेच बदलिए समृद्ध जिल्ला निर्माण गर्न सकिने नगर प्रमुख बस्नेतले सुजाव दिए स्थानीय सरकार सञ्चालन गर्नका लागि भएका कठिनाइ र बिकास निर्माणका कार्यकाे बारेमा छलफल गरिएको थियो । साथै अागामि जुनिचाँदे गाउँपालिका लाई अगाडि बढाउन अाफनाे नगरपालिका बाट सक्दाे सहयोग गर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी ईलामका कार्यालय सचिव नवराज शंकर नेकपा माअाेवादि केन्द्र जिल्ला कमिटी ईलाम का कार्यालय सचिव जीवन शर्मा,बैहुक्षेत्रीय अबलोकन भ्रमणको दिपक गाैतम लगाएत जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष शिभा अाचार्य लगाए अन्य कार्यपालिकाका जनप्रतिनिधि हरुकाे उपस्थिति रहेको थियो ।


ताजा समाचार