बारेकोट गाउँपालिकामा स्काई टावरमा खराबिआउदा स्थानीयलाई समस्या
जाजरकोट,१७बैशाख । जाजरकोटकाे बारेकोट गाउँपालिका मा रहेको नेपाल टेलिकमको टावरमा केहि दिन देखि खरावी आएपछि स्थानीयहरु सास्ती भएको छ। बारेकोट गाउँपालिकाम रहेको स्काई फोनमा नेट्वर्क आउने जाने गरिरहेकोले सेवाग्राहीहरु मर्कामा परेका हुन् ।
अहिले फोनले काम नगर्दा बारेकाेट गाउँपालिका साविकको नायकबाडा ,राेकाया गाउँ ,रामिडाडा ,सक्ला गा.वि.स. र छिमेकको गाउँपालिका कुशे , नलगाड नगरपालिका लगायतका स्थानीय तहहरुमा बसोबास गर्ने स्थानीयहरु मर्कामा परेका छन् ।
केही समय पहिले फाेन सेवा नियमित काम गगर्ने वर्षातको समयमा विभिन्न प्राविधिक समस्या र उर्जाको कारणले उक्त टावर विग्रने गरेको भएपनि यसलाइ समयमै मर्मत नगर्दा हाल सम्म बिहान १० बजे देखि साझ ५ बजे सम्म फाेन सेवा अबरुद्ध हुने गरेको बारेकोट गाउँपालिका वडा न ५ का अध्यक्ष रमेश सिंहले जानकारी दिय।
बिहान ७ बजे अाउछ ९ बजे जान्छ कुनै काम परेमा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिले जानकारी दिए। यता नेपाल टेलिकम जिल्ला शाखा जाजरकोटले टेलिफोन टावर बारेमा ब्याट्री थपने कार्य जारिरहेकाे जानकारी दिएको छ।