Loading... आजः शनिबार, कार्तिक ८, २०७७

उन्नत जातको मकैको बिउ वितरण

जाजरकाेट । भेरी नगरपालीकाकाे ७५ प्रतिशत अनुदानमा नगरपालीका १३ कुदुका कृषकलाई उन्नत जातको मकैको बिउ वितरण गरिएको छ ।

शनिबार कुदुमा एक कार्यक्रमकाे अायाेजना गरि प्रधानमन्त्रि कृषि अाधुनिकिकरण परियाेजनाकाे मकै ब्लक संचालक समितिद्धारा खरिद उन्नत रामपुर कम्पाेजिट नाम जातकाे २० क्विंटल मकैकाे बिउ करिब २०० जना कृषकलाइ बितरण गरिएकाे हाे ।

भेरी न.पा का निमित्त कार्यालय प्रशासनिक अधिकृत तुलाराम गिरि, भेरी न.पा १३ का वडा अध्यक्ष गाेपाल बटाला, कृषि प्रसार अधिकृत मुकेश रामजालीकाे उपस्थितिमा बिउ बितरण गरीएकाे थियाे ।

परम्परागत  खेती प्रणालीलाई विस्थापित गरी मकै उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उन्नत जात मकैको बिउ वितरण गरीएकाे र उत्पादनमा वृद्धि हुने अपेक्षा लिएकाे कृषी प्रसार अधिकृत मुकेश रामजालीले भिजन खबरलाइ बताए ।

रामजालीले दिएको जानकारी अनुसार बिउ बितरण सगै मकै खेतिका लागि कृषकलाइ तालिमकाे समेत व्यबस्था गरिने तथा खेतबारी जाेत्नका लागी नयाँ प्रविधि ट्याक्टरकाे समेत व्यबस्था गरिने छ ।


ताजा समाचार