Loading... आजः बुधबार, कार्तिक १२, २०७७

नगर प्रमुख घर्तीद्ववारा जिल्ला अस्पताल जाजरकोटमा ४० प्रकारका अाैषधि हस्तान्तरण

जाजरकोट ,१५ बैशाख ।जाजरकोटकाे भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले जिल्ला अस्पताल जाजरकोटमा अाैषधि हस्तान्तरण गरेका छन। जिल्लामा रहेका स्वास्थ्य चाैकि हरुमा अाैषधि अभावका कारण मर्कामा परेको बेला नगरप्रमुख घर्तीले अाफनाे पहलमा अाैषधि हस्तान्तरण गरेका हुन ।

५० शैयाको जिल्ला अस्पताल प्रान्त सरकार या स्थानिय सरकारको कसको मातहतमा रहने भनेर अझै कुनै ठोस निर्णय नभएको ले जाजरकोट अस्पतालमा केहि दिन देखि अाैषधिकाे हाहाकार रहेको थियो ।

हाल उक्त समस्या लाई मध्य नजर गरि नगर प्रमुख घर्तीले अाफनाे निजि पहलमा नेपाल सरकारबाट पाउने ४० प्रकारका निशुल्क अाैषधि अाफनाे गाडीमा ढुवानी गरि शुक्रबार जिल्ला अस्पताल लाई हस्तान्तरण गरेका हुन । जाजरकोटमा राेग र भाेगकाे अन्तय गर्ने राजनीतिक दलका घाेषणा पत्र रगिएता पनि हाल सम्म कुनै संसद गाउँ फर्केका छैनन् ।

नगर प्रमुख घर्तीले हालको मितिसम्म जिल्ला अस्पताल जाजरकोटमा मातहतका सम्पुर्ण ७वटा पालिकाहरुले आफ्नो जिम्मेवारि ठानेर योगदान गर्नुपर्ने जाेड गरेका थिय । हाल जिल्ला अस्पताल लाई भेरी नगरपालिकाको शसर्त बजेट सिलिङमा आएको सम्पुर्ण रकम प्रक्रिया मिलाएर अस्पताललाई भुक्तानी भैसकेको नगर प्रमुख घर्तीले जानकारी दिए ।

जाजरकोटमा कुनै पनि अन्य सरकारहरुको पर्याप्त ध्यान पुग्यो या पुगेन भन्दा पनि भेरी नगरपालिकाले के शुरुवाती गर्‍यो भनेर बुझ्न नगर प्रमुखले अाग्रह गरेका छन । नगर भित्र रहेका सबै स्वास्थ्य चाैखिहरुमा औषधि किनेर धेरै पटक नगरपालिकाले उपलब्ध गराइसकेकाे समेत नगर प्रमुख घर्तीले जानकारी दिए ।

शुक्रबार मात्र ४०प्रकारको औषधी स्वास्थ मन्त्रालय, आपूर्ति महाशाखासंग समन्वय गरेर जिल्ला अस्पताल टिमलाई नगरपालिका द्ववारा हस्तान्तरण गरिसकेका छौ र बाकी औषधी उपलब्ध गराउने प्रक्रियाम छाै नगर प्रमुखले भने अागामि दिनमा जाजरकोटका सबै स्थानीय तहहरुमा अाैषधि कुनै हालतमा अभाव हुन नदिने नगर प्रमुख घर्तीले प्रतिबद्धता ब्यक्त गरेका छन । हाल १ गाडी अाैषधि अाफनाे पहलमा हस्तान्तरण गरिएको काठमाडौंमा १ गाडी अाैषधि ल्याउन बाकि रहेकोले तत्काल सबै अाैषधि जिल्ला भित्र्याउने नगर प्रमुख घर्तीले बताए ।

घर्ती कर्ण्ााली प्रदेश बाट जनप्रतिनिधि हरुलाई सम्बिधान्को धारा ३५ अनुसारको मौलिक अधिकार्लाई स्थापित गर्न र स्थानिय तह अन्तर्गत २२ वटा एकल अधिकार्हरुमध्य सम्बिन्धानको अनिसुची ८ अन्तर्गत “आधारभुत स्वास्थ्य र सरसफाइ ” भन्ने अधिकार्लाई अन्तिम रुप दिनलाइ केहिदिन पहिले काठमाडौ पुगेका थिए ।


ताजा समाचार