Loading... आजः आइतवार, कार्तिक ९, २०७७

कतारमा नेपाली टिम विजयी

कतार । कतार प्रीमीएर लिगकाे क्वाटरफाइनल खेलमा नेपाल एघारले पिपिअाइक्यु पाकिस्तानलाइ ८४ रनले पराजित गरेकाे छ ।

अाज कतारमा सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत १५ अाेभरकाे खेलमा १४२ रन बनायाे जसका लागी नेपाली टिमका तर्फबाट फिराेज रेनले ४७, कुमार थापाले ४४ र इन्तिखाव अहमदले २१ रन बनाए ।

१४३ रनकाे लक्ष पछ्याएर मैदानमा उत्रिएकाे पिपिअाइक्यु १३ अाेभरमा अल अाउट हुदै ५८ रन मात्र बनाउन सक्याे । जसका लागी वसीम खानले १५ र सइद खानले १० रन मात्र बनाउन सके भने बलिङमा  साेमन मण्डलले ४ विकेट हात पारे ।

उत्त्त खेलकाे प्लेयर अफ द म्याच साेमन मण्डल घाेषीत भए । नेपाली टिमले सेमीफाइनल खेल अाऊदाे शुक्रबार खेल्ने नेपाली टिममा काे-अर्डिनेटर धुर्व तामाङले बताए ।


ताजा समाचार