Loading... आजः शनिबार, कार्तिक ८, २०७७

छेडागाड नगरपालिका भित्र रहेका १०२ विद्यालय मध्ये १६ वटा बिद्यालय मर्ज हुदै

जाजरकोट ,१४ बैशाख । छेडागाड नगरपालिका भित्र रहेका १०२ विद्यालय मध्ये १६ वटा बिद्यालय मर्ज हुने भएका छन ।शुक्रबार बसेको नगर कार्यपालिको वैठकले शिक्षा क्षेत्रका १३ वडाको १०२ विद्यालय मध्ये १६ वटा बिद्यालय मर्ज गर्ने निर्णय पारित गरेको छ।

साथै नगरपालिका भित्रका १७ स्थान सार्ने ३ र ३ वटा नि मा वि लाई तह हटाउने निर्णय गरिएको हाे ।बिद्यालयकाे स्थानमा सारी ९ देखि १२ चलाउने निर्णय गरिएको नगर प्रभक्ता गणेश प्रसाद जैसिले जानकारी दिए।

मर्जभएका विद्यालयमा वालविकास संचालन श्रावण देखि ब्यवस्थापन हुने गरि तत्काल संचालन गर्ने कार्य रणनीति रहेको नगर प्रमुख लालबहादुर महताराले जानकारी दिए । ब्यवसायको ईजाजत लाईसेन्स तथा नविकरण वैसाख मसान्त भित्र नविकरण छेडागाडमा  गर्नु पर्ने नगर प्रमुख महताराले बताए ।


ताजा समाचार