आइसीसी बोर्ड बैठकले नेपालबारे के भन्यो ? १०४ वटै सदस्यलाई टी-२० मान्यता पनि !
एजेन्सी । भारतको कोलकतामा बिहिबार बसेको आइसीसी बोर्ड बैठकले निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थाबारे अपडेट प्राप्त गरेको र एड्भाइजरी कमिटीले बनाएको विधान क्यानको विशेष साधारण सभाले पारित गरेको उल्लेख गरेको छ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि)ले नेपाली क्रिकेटको अबको काम नयाँ विधानमा रहेर चाडै निर्वाचन गर्न आवश्यक रहेको बताएको छ ।
अघिल्लो साता क्यानको विशेष साधारण सभाले नयाँ विधानमा रहेका विवादित मुद्दालाई किनारा लगाएर नयाँ विधानलाई सर्वसम्मतले पारित गरेको थियो । सोहि विधानको प्रतिलिपी आईसीसीलाई पठाएको थियो। आइसीसीले अब क्यानको पुन: स्थापना हुनको लागि नयाँ संशोधित विधान अनुसार निर्वाचन हुनुपर्ने जनाएको हो।
नेपाल क्रिकेटको विषयलाई पनि गहन रुपमा उठाउँदै क्यानको विशेष साधारण सभाले नयाँ विधान पारित गरेको र अब सोहि विधानमा रहेन नयाँ नेतृत्व चयनको बाटोमा अगाडि बढेको बताएको छ । त्यो हुन सकेमा क्यानको निलम्बन फुकुवा हुने बताएको छ ।
त्यसैगरी आइसीसीले आफ्ना सबै सदस्य राष्ट्रलाई टी-२० मान्यता दिने घोषणा गरेको छ।
भारतको कोलकतामा बिहिबार बसेको आइसीसी बोर्ड बैठकको आफ्ना सबै १०४ सदस्य राष्ट्रलाई टी २० अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो।
आइसिसीले महिला र पुरूषको टी-२० फर्म्याटलाई ग्लोबलाइज गर्ने वृहत उद्धेश्यका साथ यस्तो कदम चालेको बताएको छ।
अहिले १२ पूर्ण सदस्यसहित आइसीसीका १८ सदस्य राष्ट्रले टी२० अन्तर्राष्ट्रिय मान्यता पाएका छन्। जसमा नेपालसहित नेदरल्याण्ड्स, स्कटल्याण्ड, युएई, हङकङ र ओमान अटाएका छन्।
महिलाका सबै खेललाई आगामी जुलाई १ बाट टी२० मान्यता प्रदान गरिनेछ। यस्तै सबै पुरुष खेललाई सन् २०१९ जनवरी १ बाट टी२० अन्तर्राष्ट्रिय मान्यता दिने आइसिसिले जनाएको छ।
यस्तै आइसीसी च्याम्पियनसिप ट्रफीको सट्टामा सन् २०२१ मा पनि टी२० वर्ल्डकप गर्ने निर्णय गरेको छ।
आइसीसीका मिडिया एण्ड कम्युनिकेसन हेड सामी उल हसनले सन् २०१९ देखि २०२३ सम्मको फ्युचर टुर प्रोग्राम (एफटिपी) अन्तर्गत वर्ल्ड टेष्ट च्याम्पियनसिप, सन् २०२१ र २०२३ मा हुने जानकारी दिएका छ्न्।
यसमा १६ राष्ट्रले सहभागीता जनाउनेछन्।
आइसिसि क्रिकेट विश्वकप-२०१९,२०२३
आइसिसि विश्व टी-२०( २०२०, २०२१
आइसिसि वर्ल्ड टेष्ट च्याम्पियनसिप फाइनल-२०२१-२०२३
वर्ल्ड टेष्ट च्याम्पियनसिप साइकल १- २०१९-२०२१
वर्ल्ड टेष्ट च्याम्पियनसिप साइकल २- २०२१-२०२३
आइसिसि क्रिकेट वर्ल्ड कप क्वालिफायर लिग-२०२०-२०२२