Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

देशैभरका स्थानीय तहमा विद्यार्थी संगठनको ध्यानाकर्षण पत्र

काठमाडौँ, १४ बैशाख । संयुक्त विद्यार्थी संघसंगठनले शुक्रबार देशै भरका स्थानीय सरकार प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शुल्क अनुगमन गर्न र शुल्क मापदण्ड निर्देशिका विपरितको शुल्कवृद्धि खारेज गर्न अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौँ र नेक्राविसंघले स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

मापदण्ड विपरितको काम गरेको भए कारवाही गर्न विद्यार्थी संगठनको माग छ । यसैगरी, सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न, सार्वजनिक शिक्षाप्रति विश्वास बढाउन प्रभावकारी अनुगमन, निर्देशन र आवश्यक कार्यहरु तत्काल अगाडि बढाउन माग गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

नेपालको संविधानले माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गरेपनि संविधान जारी भएको तीन वर्षसम्म यसको ठोस कार्यान्वयन हुन सकेको छैन । विद्यार्थी संगठनहरुले चर्काे शुल्कविरुद्ध धर्ना, घेराउ लगायतका कार्यक्रम गर्दै आएका छन् ।


ताजा समाचार