Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

१० लाख ७२ हजार धरौटीमा छुटे उपभोक्ता समिति

जाजरकोट । जुनीचाँदे गाउँपालिका–५ अन्तरगत पर्ने लामातरा–गर्खाकोट सडक खण्डको विमलखोला–बलेपैना सडकको ट्रयाक खोल्नेकाममा अनियमितत्ता भएको पाईएको छ । भएको काम भन्दा बढी रनिङ्ग बील बनाएर गाउँपालिकाले भुक्तानी दिएपछि उक्त कुरा बाहिर आएको हो ।सडक निर्माण समितिले गरेको काम भन्दा १० लाख ७२ हजार रुपैया बढी गाउँपालिकाबाट भुक्तानी लिएको भन्दै जिल्ला प्रशासन कार्यालय, जाजरकोटले समितिका अध्यक्ष सुरेश शाह र गाउँपालिकामा कार्यरत खापासटे गगन थापालाई पक्राउ गरेको थियो । गरेको काम भन्दा बढी कार्यालयवाट भुक्तानी लिएको रकम १० लाख ७२ हजार रुपैया गाउँपालिकाको खातामा जिल्ला प्रशासन कार्यालय जाजरकोटले जम्मा गर्न लगाएको छ । बाँकी रहेको कामलाई निर्धारित समयमै सम्पन्न गरिसक्ने अध्यक्ष शाहलाई कागज गराईएको छ ।सम्पूर्ण प्रक्रियालाई अनुसन्धानमा राखेर समितिका अध्यक्ष शाह र प्राविधिक थापालाई तारिखमा जिल्ला प्रशासन कार्यालयले मंगलवारनै छोडिसकेको छ । जुनीचाँदे गाउँपालिकाको गत गाउँसभाले लामातरा–गर्खाकोट सडकका लागि ५० लाख रुपैया बिनियोजन गरेको थियो । गाउँपालिकाको ५० लाख अनुदानमा २० प्रतिशत श्रमदानलाई जोडेर झण्डै ६० लाख बराबरको उक्त सडकको प्राविधिक डिजाईन बनाईएको बुझिएको छ । ३० लाखको रनिङ्ग बील बनेर आएको भएता पनि झण्डै १० प्रतिशत कटौती गरेर आफुले २७ लाख ५८ हजार ९ सय रुपैया भुक्तानी दिएको जुनीचाँदे गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत कृष्णबहादुर शाहले स्वीकार गरेका छन् ।

कार्यसम्पादन मुल्याङ्कण तथा अनुगमन गरेर मात्र आयोजनाको भुक्तानी दिनु पर्ने जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले आफ्नो तर्क अगाडी सारि रहेका छन् ।भ्रष्टाचार सुन्यशिल्ताको पक्षमा आफु रहेको वताउदै प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले भने–‘जिल्लाका बिभिन्न ठाउँवाट भ्रष्टाचार सम्बन्धिका गुनासा र उजुरीहरु आउन थालेका छन्,


ताजा समाचार