Loading... आजः आइतवार, अशोज ३, २०७८

मनाेमानि ढंगले बजेट भुक्तानी नदिन अध्यक्ष केसीकाे निर्देशन

जाजरकोट ,१२ बैशाख ।जाजरकोटकाे जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले मनाेमानि ढंगले बजेट भुक्तानी नदिन कर्मचारीलाई निर्देशन दिएका छन। गाउँपालिका बाट बिकास निर्माणकाे लागि बिनियाेजित बजेटमा गाउँपालिकाका कर्मचारी र उपभोक्तहरुकाे मिलाेमताेमा बिकास निर्माणका कामहरु अनुगमन नगरी भुक्तानी दिने गरेको ले हाल उक्त काम तत्काल बन्द गर्न निर्देशन दिएका छन ।

कुनै पनि बिकास निर्माणका काम हरुकाे अनुगमन समिति गाउँपालिकाले गठन गरेको र अध्यक्ष सहित उक्त समितिले अनुगमन गरिसके पछि बजेट भुक्तानी गरिने अध्यक्ष केसीले बताए । धेरै बिकास निर्माणका कामहरु कागजि रुपमा मात्र सिमित भएको ले अागामि समृद्ध जुनिचाँदे निर्माण काे लागि बिकास निर्माणका काममा कडाइ गरिने बताए । बिकास निर्णमाणकाे जिम्मेवारी लिए पछि ताेकेकाे अबधि भित्र काम पूरा गर्न सबै निर्माण उपभोक्ता समितिलाई अाग्रह गरेका छन।

। बिकास निर्माणकाे काम सम्पन्न भए पछि अनुगमन समिति लाई अनुगमन गराई समितिले सिफारिस गरेको बजेट भुक्तानि दिन सबै कर्मचारी लाई निर्देश दिएकन छन । कर्मचारीले अाफु खुसि बजेट भुक्तानी दिएको भन्दै अागामि दिनमा यस्तो कार्य बन्द गर्न अाग्रह गरेका छन ।


ताजा समाचार