Loading... आजः बिहिबार, कार्तिक ११, २०७८

परिणाम मुखि सिप बिकास तालिम सञ्चालन गर्न राष्ट्रिय सभा सदस्य श्रेष्ठको आग्रह


जाजरकोट,११ बैशाख । राष्टिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले जाजरकोटमा परिणाम मुखि सिप बिकास तालिम सञ्चालन गर्न आग्रह गरेका छन । जाजरकोट जिल्लाम बर्षेनी सञ्चालनमा आएका बिभिन्न सिप बिकास तालिमहरु तालीममा मात्र सिमित भएकोले आगामि दिनमा परिणाम मुखि कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन । आफु बिगत साबिकको जिल्ला बिकास समितिको सभापति देखि राष्टिय सभाको सदस्य सममको यात्राम धेरै सिप बिकास तालिम सञ्चालन भएकोले हाल सम्म कुनै तालीले परिणाम मुखि नभएको सदस्य श्रेष्ठले बताए । मंगलवार जाजरकोटको सदरमुका खलंगाम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय जिल्ला युवा समितिको कार्यालय जाजरकोटको आयोजनामा सञ्चालीत युवा उद्यमशिलता र रोजगारी सिर्जना आजको आवश्यकता कार्यक्रम अन्तरगत ३ महिने सिलाइ कटाइ र ब्यउटि पालर तालीम उद्धघाटन गर्दै यस्तो बताएका हुन ।

जाजरकोट जिल्ला भित्र महिलाहरु चुलो चौखोमा मात्र सिमित रहेकोले उक्त कार्यबाट बाहीर ल्याउन तालिमले मदत गर्ने समेत सदस्य श्रेष्ठले बताए । हाल नेपाल भरि जिल्ला युवा समिति का ७५ ओटा जिल्लामा कार्यालय सञ्चालन गरी बिभिन्न सिप बिकास तालिम सञ्चालन गरिरहेको नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय जिल्ला युवा समितिको कार्यालय जाजरकोटका अध्यक्ष नारायण घर्ती जानकारि दिए । जिल्ला भित्र रहेका युवाको नेत्रीत्य गर्ने संगठन को अभाव रहेको ले युवा हरुलाइ आत्म निर्भर गर्न देश बिकास गर्नको लागि सञ्चालन गरिएको कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष घतीले बताए । गत बर्ष २० जना लाई सीप बिकास तालिम सञ्चालन गरिएको र हाल आर्थिक बर्ष २०७४र०७५ मा पनि १० जना लाई सिलाई कटाई तालिम र ५ जना लाई ब्यउटिपालर तालिम सञ्चालन भएको छ ।

समाजमा महिलाको समान हक र योग्दान गर्नको लागि तालिमको आयोजना गरिएको अध्यक्ष घर्तीले बताए । युवा समितिले माछा मारेर दिनु भन्दा जाल बुन्न सिकाउने गरेका आयोजकको भनाइ रहेको छ । त्यस्तै कुशे गाउँपालिका वडा न १ अध्यक्ष गोपाल नेपाली जिल्लामा सिलाइ तथा ब्यउटि पालर तालिम नयाँ नभएको र राज्यको बजेटको दुरुपयोग भएको ले आगामि दिनमा लगनशील भएर लाग्न आग्रह गरेका छन । जिल्ला भित्र एउटै ब्यक्ति लाई धेरै पटक तालिम मात्र हासिल गर्ने काम भएको तालीम बाट सिकेका कुरार कार्यनयन नभएको अध्यक्ष नेपालीले बताए । यस्तै उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण बहादुर खत्रि कुनै पनि काम गर्दैमा कोहि महान नबन्ने कामको परिणाम निकाल्न आग्रह गरेका छन ।

जिल्ला भित्र प्रत्येक घरमा १ जनाले सीप बिकास तालिम लिएको तथ्यांकमा उल्लेख गरिएको अध्यक्ष खत्रीले बताए । बजार माग अनुसार काम पूरा गर्न नसकेको समेत अध्यक्ष खत्रिले बताए । जिल्लामा गर्न सकिने परियोजना धेरै भएको र युवा हरुले खोज नगरी अगाडि बढेको अध्यक्ष खत्रीले बताए । कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय जिल्ला युवा समितिको कार्यालय जाजरकोटका अध्यक्ष नारायण घर्तीको अध्यक्षेताम सञ्चालन गरिएको थियो भने राष्टिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठको प्रमुख आथित्याम कार्यक्रम सञ्चालन गरिएको थियो । बिशेष अथिति नेकपा एमाले कर्णाली प्रदेश सदस्य डम्बर बहादुर सिंह युवा संग नेपाल जाजरकोटका सचिव जय बहादुर बस्नेत ,सचिवालय सदस्य मोति वली लगाएतको उपस्थीति रहेको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख ललति बिक्रम सिंहले गरेका थिए ।


ताजा समाचार