Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

भेरी नगरपालिकाद्ववारा जाजरकोटमा होमस्ट्रे तालिम सुरु

जाजरकोट,११ बैशाख । जाजरकोटकाे भेरी नगरपालिकाकाे आयोजनामा जिल्ला सदरमुकाम खलंगामा एक हप्ते होमस्ट्रे तालिम मंगलवार देखि सुरु भएको छ । होमस्ट्रेलाई ब्यबसायिक उद्योगका रुपमा बिकास गर्न सिप बिकास तालिम मंगलवार देखि जिल्ला सदरमुकाम खलंगामा सुरु भएको हो ।

भेरी नगरपालिका, जाजरकोटको आयोजना, भेरी ¥याफ्टिङ्ग एक्सप्लोर प्रा.लि. खलंगा–४ को सहजीकरण र नेपाल पर्यटन तथा होटेल ब्यबस्थापन प्रतिष्ठान (नाथम) रबी भवन काठमाण्डौंको प्राविधिक सहयोगमा उक्त तालिमको आयोजना गरिएको भेरी नगरपालिकाकी उप–प्रमुख भावना भण्डारीले जानकारी दिईन् । एक हप्तासम्म सञ्चालन हुने तालिममा सहभागीहरुको खाना बस्नको लागि दैनिक ५ सय रुपैया नगरपालिकाले दिने ब्यबस्था गरेको उप–प्रमुख भण्डारीले जानकारी दिईन् ।

मैन बत्ती बालेर राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले उक्त तालिमको उद्घाटन गरेका थिए । होमस्ट्रे सम्बन्धि सञ्चालन गरिने तालिम ग्रामीण मैत्री, पर्यटन मैत्री हुने प्रमुख प्रशिक्षक विपिन नेपालले वताए ।

३० जना सहभागीहरुका लागि सञ्चालन गरिएको उक्त तालिमको उद्घाटनमा २८ जना सहभागिले भाग लिएका छन् । २८ जना सहभागिमा २० जना पुरुष रहेका छन् भने, ८ जना महिला रहेका छन् । तालिम १७ गतेसम्म सञ्चालन हुने तालिम आयोक समितिले जनाएको छ ।


ताजा समाचार