Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

कोहलपुरमा उपमेयर कप महिला क्रिकेट प्रतियोगिता गरिने

फाइल फाेटाे : काेहलपुर क्रिकेट मैदान

काेहलपुर । कोहलपुर नगरपालिकाले प्रथम नगरस्तरीय छात्रा क्रिकेट प्रतियोगिता संचालन गर्ने भएको छ ।

सोमबार कोहलपुर नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाका प्रमुख मनप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको नाम र मिति तय गरेको हो । नगरभित्र संचालनमा रहेका सम्पूर्ण विद्यालयका प्रअ, प्याब्सन, एनप्याब्सन तथा क्रिशाका प्रतिनिधीहरु सम्मिलित बैठकले नगर शिक्षा अधिकारी मनप्रसाद रेग्मीको संयोजकत्वमा ९ सदस्यीय प्रतियोगिता संचालन तथा ब्यवस्थापन समिति चयन गरेको छ भने पूर्व राष्ट्रिय टिमका कप्तान लेखबहादुर क्षेत्रीलाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

आगामी जेठ १८ गतेदेखि “अन्तर मावि उपमेयर कप छात्रा रनिङ क्रिकेट प्रतियोगिता–२०७५” संचालन गरिने र त्यसको प्राविधिक तथा फिल्ड ब्यवस्थापन तर्फको सम्पूर्ण जिम्मेवारी मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरलाई प्रदान गर्ने निर्णय गरिएको कार्यक्रम संयोजक क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा नगरभित्र संचालनमा रहेका सम्पूर्ण शिक्षण संस्थामा अध्ययनरत छात्राहरुले प्रतिस्प्रर्धा गर्न पाउने बताईएको छ ।

बि.सं. २०६१ सालमा पहिलो पटक कोहलपुरमा महिला क्रिकेट प्रतियोगिता संचालन गरिएको थियो । नेपालमै पहिलो पटक संचालन गरिएको उक्त प्रतियोगिताले नेपाली महिला क्रिकेट खेलाडीहरु उत्पादनमा ऐतीहासिक भुमिका निर्वाह गरेको थियो । यद्यपी विगत लामो समयदेखि प्रतियोगिता संचालन नहुँदा महिला क्रिकेट क्षेत्र धारासायी भएको थियो ।

तर स्थानिय निकाय संचालनमा आएपछि मध्यपश्चिम क्रिकेट क्लब कोहलपुर र राष्ट्रिय टिमका पूर्व कप्तान तथा महिला क्रिकेटका अभियन्ता लेखबहादुर क्षेत्रीको विशेष पहलमा कोहलपुर तथा नेपालगञ्जमा समेत छात्रा क्रिकेट प्रतियोगिता संचालनको तयारी थालिएको हो ।


ताजा समाचार