Loading... आजः शुक्रबार, फाल्गुन १४, २०७७
Trending

छिन्चु-जाजरकोट सडकको स्तरोन्नती तिव्र, एक बर्ष भित्र १२ ओटा पक्की पुल बन्ने

जाजरकाेट । छिन्चु—जाजरकोट सडक खण्डमा पर्ने विभिन्न साना तथा ठुला खोलाहरुमा १२ ओटा पक्की सडक पुल निर्माणको काम एक साथले अगाडि बढाईएको छ । एक बर्ष भित्र सवै पुल बनि सक्नेछन् । सडक विस्तार भएसंगै लामो समय देखी ओझेलमा परेको पुल निर्माणको कामले पछिल्लो समय तिव्रता पाएको छ । भेरी करिडोर अन्र्तगत छिन्चु–जाजरकोट सडकको स्तरोन्नती गर्ने उद्देश्य मोटरेबल पक्की पुलको निर्माण थालिएको हो । यो सडक खण्ड दुई बर्ष अघि नै कालोपत्रे भैसकेको भएपछि पुल नहुँदा बर्षातको समयमा खोला बढेपछि यातायात सेवा अवरुद्ध हुँदै आएको थियो ।

एक सय सात किलोमिटर रहेको यस सडक खण्ड अन्र्तगत पर्ने बनगाड खोला, राकम खोला, कालीखोला लुकईखोला, छेडाखोला, सिम्ले लगायतका खोलामा सडक पुल निर्माणको काम एक साथ तिव्र गतिमा अगाडि बढेका छन् । यो सडकलाई भेरी करिडोरको रुपमा विकास गर्ने निर्णय गरेसंगै सरकारले पुल निर्माणमा तीब्रता दिएको हो । पुल निर्माणको काम द्रुत गतिमा अगाडि बढेको छ । निर्माण कम्पनीका अनुसार यी पुल दुई बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि काम भैरहेको छ ।

सडक विभाग पुल योजना र सडक डिभिजनको लागतमा पुल निर्माणको काम अगाडि बढेको पुल योजना कार्यालय नेपालगञ्जले जनाएको छ । पुल निर्माण कामको जिम्मा लामा कन्ट्रक्सन र सुर्य कन्ट्रक्सन प्रालिले लिएका छन् । यस सडक खण्डको ७० किलोमिटर भित्रको क्षेत्रमा ६ ओटा पुल निर्माणको लागी लामा कन्ट्रक्सनले २७ करोड रुपैयामा ठेक्का सम्झौता गरेर काम गरिरहेको छ । त्यस्तै सुर्य कन्ट्रक्सनले ७० देखी १०० किलोमिटर क्षेत्र भित्र ६ ओटा पुल बनाउने गरि २२ करोड रुपैयामा ठेक्का लिएको छ । सुर्य कन्ट्रक्सनका प्रोपराईटर सुर्यबहादुर खड्काले स्थानिय र सरोकारवाला निकायको सहयोग पाए अर्को बर्षको चैत्रसम्म सवै पुलको निर्माण कार्य सक्ने बताएका छन् ।

गत बर्ष मात्र फेराखोला, गोजीखोला, कालीखोला र बाली खोलामा पक्की पुल निर्माण सम्पन्न गरिएको थियो । निर्माणाधिन सडक पुल बनेसँगै यस सडक खण्डमा यातायात सेवा सहज हुनेछ । पुल निर्माण भएपछि जाजरकोट, डोल्पा, रुकुममा सडक सञ्जाल जोड्नुका साथै यातायात सेवा सन्चालन नियमित हुने, मालसमान ढुवानीमा सहजता आउने, स्थानिय उत्पादनलाई जिल्लावाहिर पठाउन सजिलो हुने र आवतजावतमा सहज पुग्ने देखिन्छ । पुल निर्माण पछि जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, डोल्पा, जुम्ला लगाएतका जिल्लामा दैनिक उपभोग्य बस्तुको ओसारपसारमा सहयोग पुग्ने जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताए । उनले भने ‘जिल्लामा उत्पादिन कृषिजन्य मालसमान निर्यातमा पनि सहजता आउनेछ । सवै पुल बनेपछि मालसमान पनि सस्तोमा पाईनेछ ।’


ताजा समाचार