Loading... आजः शनिबार, मंसिर ११, २०७८

कपासे ब्यारेक नजिक बस दुर्घटना,७ जना घाइते

बैशाख ९, सुर्खेत । दैलेख-सुर्खेत सडक खण्ड को कपासे नजिक मध्यपश्चिम यातायातको ना ४ ख ७९०७ नम्बर को बस दुर्घटना भएको छ।

दैलेख बाट काठ्माण्डौका लागि छुटेको गाडी ब्रेक फेल भएर पल्टिएको हो । उक्त बस दुर्घटना हुदा ५ जना घाइते भएका छन । बिच सडक मै गाडी पल्टिदा दैलेख-सुर्खेत सडक खण्ड अबरुद्ध भएको छ ।

सामान्य घाईते यात्रुलाई उपचारको लागि प्रहरीको गाडीद्वारा देउती नर्सिङ होम पठाईएको । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हाल चालक प्रहरीको नियन्त्रणमा रहेका छन । तत्कालको लागि बाटो अबरुद्ध बाटो खुल्नको लागि पहल भईरहेको प्रहरीले जनाएको छ । गाडीमा सवार ४८ जना मध्य ७ जना सामान्य घाईते भएका छन ।


ताजा समाचार