Loading... आजः आइतवार, कार्तिक १६, २०७७

नलगाड नगरपालिकाम कानुन सम्बन्धि ३ दिने गाेष्ठि शनिबार सम्पन्न ।

जाजरकोट ,८ बैशाख । जाजरकोटकाे नलगाड नगरपालिकाम ३ दिने कानुन सम्बन्धि गाेष्ठि सम्पन्न भएको छ । नेपालकाे संविधानकाे भाग ३ अन्तरगतका माैलिक हक र अधिकारहरु सम्बन्धि सबै वडाका जनप्रतिनिधि र जनता लाई जानकारी दिनकाे लागि तालिमको अायाेजना गरिएको नलगाड नगरपालिकाकि उप-प्रमुख बालकुमारी बस्नेतले जानकारी दिईन।

नलगाड नगरपालिका भित्र रहेका सबै वडाका जनप्रतिनिधिहरु लाई न्याय समितिले गर्ने काम कर्तव्य र अधिकारकाे बारेमा जानकारी दिनको लागि नलगाड नगरपालिकाकाे अायाेजनाम कार्यक्रमकाे अायाेजना गरिएको उप-प्रमुख बस्नेतले बताईन । त्यस्तै न्याय समितिकि सदस्य अस्मिता बिकले नलगाड नगरपालिका सबै वडाका जनताले अंशवन्डा र लेनदेनकाे बिषयमा प्रष्ट भएकोले अागामि दिनमा काम गर्नमा सहज हुने सजिलै सकिने बताईन ।

६ गते देखि सञ्चालन गरिएको तालिम ८ गते समापन गरिएको थियोे न्याय समितिका संयाेजक तथा उप-प्रमुख बालकुमारी बस्नेतकाे अध्यक्ष्ातामा सम्पन्न भएको थियो । कार्यक्रममा सबै वडा कि स्वयंसेविका नगर सभाका कार्यसमिति अन्य जनप्रतिनिधि अाम बासिकाे उपस्थिति रहेको थियो ।तालिमको सहजिकरण भक्त बहादुर मल्लले गरेका थिए।


ताजा समाचार