Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

२१ बर्षकाे उमेरमा पाठेघर क्यान्सरको सिकार ”सबैलाई सक्दाे सहयोग गर्न अप्रिल

लक्ष्मण रसाईली ७ बैशाख । जाजरकोटकाे नलगाड नगरपालिका रावतगाउ कि २१ बर्षिया सरिता बोहरा बिगत १ बर्ष देखि पाठेघरकाे समस्याको कारण मरणसंग बाचिरहेकी छिन । घरमा बुढी आमा र साना दुइ बहिनि र एक भाइ भएकी बोहरा बिगत एक बर्ष देखि पाठेघरको समस्या ले पिडा झेल्दै अायकि छन।, बाबुको मृत्यु पछि यति सानै उमेरमा केहि गरौ भने उमेरमा एक्कासी पाठेघर समस्या देखिदा उनि अहिले जिबनमा बाच्ने आशा नै गुमेको चिन्ता ब्यक्त गर्छिन ।

बाबुको मृत्यु भईसकेको र आमा पनि काम गर्न नसक्ने अबस्था भएपछी आफुले साना भाइ बहीको लागि सम्पूर्ण जिम्मा सम्हाले की बोहरा अहिले अहिले आफु नै यस्तो समस्या परेपछि सबैले सहयोगबाट बाचने अासा राखेको बताउछिन् ।
बाेहरा उपचारको लागि केहि महिना अघि भारतमा मजदुरी गर्न पुगेकी र अार्थिक अभाव भएपछि भारत मा काम गर्दै उपचार गर्दै गरे पनि उनलाई सन्चो नभएको अाफन्तिहरु बताउछन् । बिना उपचार नेपाल फर्किंईन ,घरमा पुगिन अझै सन्चो भएन दिन प्रतिदिन झनै समस्या बढ्दै गयो बाेहरा पुन : गाउलेहरु संग ऋण कारेर नेपालगंज उपचारको लागि पुगेको जानकारी दिईन ।

,नेपालगन्जमा उपचार चेकजाच गर्दा पाठेघरमा क्यान्सरको हुन लागेको र त्यसको लागि अहिले औषधि ले नै काम गर्ने अस्पतालले बताए पछि बाेहरा औसधि लिएर जाजरकोट पुगेको बताईन ।
न आर्थिक छ न कोहि आफन्त नै ,उनि अहिले जिबन बचाइ दिन याचना गरिरहेकी,छिन घरमा साना बहिनि र भाईलाई पाल्नका लागि अहिले गाउँ छोडेर चौखाबज़ार होटेल भाडामा लिएर गुजारा चलाई रहेकी छिन । भाइ बहिनीको खर्च त जसरि पी जुठा वर्तन धोएर जिबिको गरि रहेकी छिन ।


ताजा समाचार