Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

दंगाली गोर्खाजद्वारा बर्दिया टाइगर्स ८ विकेटले पराजित

कोहलपुर । आशिर्वाद पेन्ट्स नेपालगंज कप टि-२० प्रतियोगिता अन्तर्गत पाँचौ दिनको पहिलो खेलमा दंगाली गोर्खाजले बर्दिया टाइगर्सलाई ८ विकेटले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै बर्दिया टाइगर्सले दिएको १ सय ३० रनको लक्ष्य दंगाली गोर्खाजले १७ ओभरमा २ विकेट मात्रै गुमाएर पुरा गर्यो ।

प्रतियोगितामा दंगालीले हात पारेको ३ खेलमा यो दोश्रो जित हो भने बर्दियाले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ।

लक्ष्य पछ्याउने क्रममा ओपनिंग ब्याटिंग गरेका मनोज सुनारले ५० रन बनाए । ३४ बलको इनिंगमा उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए उक्त खेलको प्लेयर अफ द म्याच समेत चुनिए। मनोजले अर्का ओपनर सन्दिप सुनारसंग पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए।  २९ रन बनाएर आउट भएका सन्दिपले  १७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

सन्दिप र मनोजको विकेट पछि विनायक गिरि र अमर सिंह रौटेलाले तेश्रो विकेटको लागि ४७ रनको साझेदारी गरे।अमरले ३५ बलमा २ चौका र १ छक्का मदतले २४ रन तथा अमरले १६ बलमा ५ चौका मदतले २३ रन बनाए। बलिंगतर्फ बर्दिया टाइगर्सका आकाश बिस्ट र अविनाश बोहाराले समान १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो।

९३/६ को खराब स्थितिमा रहेको अवस्थामा सातौ विकेटको लागि अविनाश बोहारा र आकाश बिष्टले  ३६ रनको साझेदारी गर्दै टिमको स्कोर १ सय २९ पुर्याएका थिए। आकाश बिष्टले २५ रन  क्रममा १५ बलमा २ छक्का र १ चौका हिर्काए भने अविनाश बोहराले ९ बलमा २ छक्का मदतले अविजित १५ रन बनाए।

यस अघि राजबिर सिंहले २८ रन ( २४ बल, २ चौका र १ छक्का ) , भरत थापाले १६, नबिन ओलीले १७ रन तथा कप्तान सुबेन्दु पाण्डेले १२ रन योगदान दिए। दंगाली गोर्खाज बलर बिष्णु कटारिया र अमर सिंह रौटेलाले समान २-२ विकेट हात पारे। यस्तै अनिल खरेल, शहिद अन्सारी र सागर ढकालले समान १/१ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच मनोज सुनार घोषित भए।

 


ताजा समाचार