Loading... आजः शनिबार, कार्तिक ८, २०७७

स्थापना दिवसमा निजामती कर्मचारी संगठन गर्यो अस्पताललाई औषधी हस्तान्तरण

जाजरकोट । स्थापना दिवसको अवसर पारी नेपाल निजामती कर्मचारी संगठन जाजरकोटले अस्पताललाई औसधि हस्तान्तरण गरेको छ । आफ्नो २८ औ स्थापना दिवसको अवसरमा संगठनले जिल्ला अस्पताल लाई औसधि हस्तान्तरण गरेको हो ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी पुस्पराज शाहिको उपस्थितिमा मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण जंग शाहलाई संगठनका केन्द्रिय सदस्य तुलाराम गिरि, जिल्ला अध्यक्ष डम्बर बिष्ट लगायतले औसधि हस्तान्तरण गरेका हुन । करिब २५ हजार बढिको औसधि हस्तान्तरण गरिएको अध्यक्ष बिष्टले जानकारी दिए ।

सिटामोल समेतको अभाव झेलिरहेको अस्पताललाई थोरै भएपनी संगठनले हस्तान्तरण गरेको औसधिले बिरामीलाई केही राहत हुने केन्द्रिय सदस्य गिरिको बिस्वास छ ।

जिल्ला अस्पतालमा अहिले सरकारले निशुल्क बितरण गर्ने सबै प्रकारका अत्यावश्यक औसधिको अभाव छ । त्यस्तै संगठनले अस्पतालका बिरामीहरुलाई फलफूल समेत बितरण गरेको छ ।


ताजा समाचार