Loading... आजः शनिबार, कार्तिक ८, २०७७

ग्रामीण क्षेत्रका सडक निर्माणमा ढिला हुदा स्वास्थ्य सेवामा सास्ती

जाजरकोट ,७ बैशाख । जाजरकोटका अधिकांश  ग्रामीण क्षेत्रमा सडक निर्माणमा ढिलाइ हुदा स्वास्थ्यमा सास्ती भएको छ। बिनियाेजित बजेटमा जिल्ला समन्वय समिति जाजरकोटले सडक निर्माणका काममा गरेको ढिलासुस्तीका कारण हाल जिल्लाका अधिकांश क्षेत्रमा घन्टाै हिडेर सेवा लिन बाध्य रहेका छन ।

जिल्लाका ग्रामीण क्षेत्रमा स्वास्थय क्षेत्रमा नत अाैषधि नत डाक्टर अापतकालिन अबस्थामा बिरामी लाई बाेकेर उपचार गराउनुु पर्ने बाध्यता रहेको जुनिचाँदे गाउँपालिका वडा न ५ का स्थानीय जय बहादुर बस्नेतले बताए । बस्नेतका अनुसार अस्पताल जानकाा लागि करिब ५ घण्टा हिडेर जानुपर्ने बाध्यता जुनिचाँदेकाा सबै क्षेत्रमा कायमै रहेको बताए । सुत्केरी बेथा बाट छट्पटीमा रहेकि महिला लाई बाेकेर अस्पताल पुर्‍याउनेे गरेको बस्नेतले बताए ।

हाल सम्म धेरै मैलाहरुले बाेकेर बाटोमा लिदै गर्दा ज्यान गुमाउनुु पर्ने बाध्य रहेको जानकारी दिए। पुजिपती हुने ले रिजबमा सुवानाउलि सम्म जीव रिजब गरेर उपचार गर्ने गरेको उहाको भनाइ रहेको छ। उता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जुनिचाँदे गाउँपालिका भित्र रहेको यातायात क्षेत्रकाे बिषय प्रति अाफु गम्भीर भएको र अागामि अाफनाे कार्यकालमा सबै वडा हरुमा सामान्य गाडी चल्ने सडककाे काम सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

हाल यातायातकाे समस्याको कारण दैनिक काम धेरै असहज भएको ले अाफु बिशेष याेजना निर्माण गरि अगाडि बढने जानकारी दिए । कसैले कुरा काट्नु भन्दा पनि बिकास निर्माणका कामहरुमा सहयोग गर्न सबै गाउँपालिकाका अाम जन्ता संग अप्रिल गरेका छन ।


ताजा समाचार